अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका गणेश केसीले एनआरएनको आगामी नेतृत्वमा उपाध्यक्षका लागि उम्मेदवारी दिने भएका छन्।
विगत १८ वर्षमा गैरआवसीय नेपाली संघले नेपाली र नेपालसँग जोड्ने धेरै मुद्दा बोकिसकेको स्मरण गर्दै केसीले लगानीका क्षेत्रमा, नेपालीलाई नेपालसँग जोड्ने कार्यलाई थप परिस्कृत गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन्।
‘संस्थाले १८ वर्षमा प्रगति उन्नति गर्नुका साथै संस्थामा सबै नेपालीको इच्छा आकांक्षा बढेको छ। यस्तै यस अभियानमा लाग्नेबीचका सम्बन्ध पनि उक्तिकै सुमधुर रहनु जरूरी रहेको छ, म सबैलाई जोड्न उम्मेदवारी दिदै छु, मेरो उम्मेदवारी हामीबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै संस्थालाई दरिलो बनाउन केन्द्रित रहने छ’, केसीले आइतबार सिड्नीमा जुममार्फत पत्रकार सम्मेलन गर्दै उम्मेदवारीलाई प्रष्टाए।
ओसियाना क्षेत्रका एनआरएनए अभियन्ताबीच पत्रकार सम्मेलन गर्दै केसीले आफूलाई सहयोगका लागि अपिल गरेका छन्। यस अभियान अन्तर्राष्ट्रिय स्तरमा जादै गर्दा ओसियानामा आफ्नो घर भएको र यहाँका अभियन्ता आफ्ना दुःख खुसका साथी एवं अग्रज भएकाले पहिला घरबाटनै सुझाव, सल्लाह र माया लिँदै उम्मेदवारी घोषणा गरेको केसीले बताए।
एनआरएनए अष्ट्रेलियाका बिभिन्न पदमा काम गर्दै आएका उनले सन २०११, २०१३ मा अध्यक्ष भएर सफल कार्य सम्पादन गरिसकेका छन्।
केसीले सन् २०१२ मा अष्ट्रेलियामा भएको एनआरएनए ग्लोवलको क्षेत्रीय सम्मेलन भब्य आयोजना गर्दै सफल पार्ने अवसर समेत जुटाएका थिए। नेपाली विद्यार्थी एवं असायलाई सहयोग गर्न एक करोडको सोसियल वेलफेयर फण्डको स्थापना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्वाब्बासीसमेत पाएका थिए।
संस्था ठूलो हुँदै गएपछि अभियन्तामा दूरी बढ्नु, असमझदारी हुनु स्वभाविक नै हो। तर त्यस्ता विषयमा सँधै गम्भीर भएर सबैलाई सम्मान दिनसक्ने, संस्थाको स्वार्थलाई केन्द्रमा राखेर कार्य सम्पादन गरिसकेका केसीले अन्तर्राष्ट्रिय समन्वय समितिमा योगदान गर्न सक्ने उपस्थित अभियन्ताले बताएका छन्।
सन २०१३ मा आईसीसी सदस्य भएर काम गरेका केसी सन् २०१५ र सन २०१७ मा सचिवका उपविजेता थिए। कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्षहरू ध्रुब सुवेदी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, डिल्ली ढकाल, चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेलगायतले आफ्ना विचार राख्दै केसीको शुभकामना दिएका थिए।
एनआरएनएका अभियन्ता, संस्थापक इन्द्रा बन, दीपक खडका, सुदिप कार्की भवानी ओली, निरज श्रेष्ठ, रन्जु वाग्ले थापा, एनआरएनए आईसीसी महिला संयोजक भोमा लिम्बु, जानकी पौडेल, न्युजिल्याण्डका पूर्व अध्यक्षहरु लाल केसी र बाबुराजा महर्जन, पिएनजी एनआरएनका अध्यक्ष मोहन पन्त र आईसीसी सदस्य सोम थापा, ओसियानाका आरसी होम पाण्डे, डिआरसी नबिन कँडेल, सुजाता केसीलगायत दर्जनौं अभियान्तले केसीलाई सफलताको लागि शुभकामना दिँदै साथ दिने बताएका थिए।
पूर्व आईसीसी यूवा उपसंयोजक कृष्ण गिरी, पूर्व आईसीसी सदस्य दीनेश जोशी, पूर्व आरसीका उम्मेदवार प्रेम सापकोटा, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, अष्ट्रेलिया पत्रकार संघका पूर्व अध्यक्ष हेमन्त काफले, डा. कृष्ण हमाल, सोम प्रसाद गुरूङ, अभिमन्यू केसी, लोकनाथ पौडेल, डा. राजु अधिकारीलगायतले एनआरएनए अष्ट्रेलियामा राम्रो काम गरेका केसीले आईसीसीमा बसेर पनि त्यसलाई निरन्तरता दिने बताएका थिए।
केसीले ओसियाना स्तरमा कार्यक्रम राखेर आफ्नो उम्मेदवारी घोषणा गरे पनि अब चाडै विश्वभरि छरिएका नेपाली बीच बिभिन्न प्रचार प्रसार कार्यक्रम लिएर जाने बताए।
‘मेरो इच्छा सेवाभावले संस्थामा काम गर्न जाने भएकाले मैले हिजो गरेका कामलाई हेरेर पनि सबैले सहयोग गर्नु हुन्छ भन्ने आशावादी छु’, केसीले भने।