धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन भएका छन्। नेपालको धादिङ घर भई अष्ट्रेलियामा बस्दै आएका नेपालीको यो संस्थामा आइतबार भएको तेस्रो अधिवेशन तथा वार्षिक साधारण सभाले केसीलाई अध्यक्षमा चयन गरेको हो।
समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा यज्ञ अधिकारी, महासचिवमा हरि अधिकारी, सचिवमा पुरूषोतम अधिकारी, कोषाध्यक्षमा सनिता त्रिपाठी, प्रवक्तामा विनोद उप्रेती, महिला संयोजकमा गीता लम्साल ओझा, युवा संयोजकमा रबिन्सन अधिकारीलाई जिम्मेवारी सुम्पिएको छ।
त्यस्तै सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करूणा अधिकारी (तस्मेनिया) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति सिंखडा (भिक्टोरिया), अनुपजंग बानियाँ (एनएसडब्लु), बिदुर अधिकारी (एनएसडब्लु) चयन भएका छन्।
संस्थाको सल्लाहकारमा संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सविन थपलिया चयन भए।
साधारणसभाबाट एनएसडब्लु संयोजकमा शम्भु भण्डारी, एसीटी संयोजकमा रामचन्द्र उप्रेती, तास्मानिया संयोजकमा उत्तम अधिकारी, भिक्टोरियामा बिनोद पौडेल, नर्दन टेरीटरीमा नवीन भण्डारी, साउथ अष्ट्रेलियामा जीवन भण्डारी, पर्थमा दयाराम थापा मगर र क्विन्सल्याण्डमा शम्भु सिंखडालाई संयोजक तोकेको छ।
अष्ट्रेलियामा रहेका धादिङबासीहरु जुम मार्फत जोडिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका प्रतिनिधि यादव कोइराला, एनएसडब्लुका लागि महाबाणिज्यदूत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, समुदायकी अगुवा इन्द्र बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनका उपाध्यक्ष एबं एनएसडब्लुका संयोजक देब गुरुङ, महासचिब राजु अधिकारी, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लागायतले शुभकामना प्रदान गरेका थिए। कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष सबिन थपलियाको अध्यक्षतामा राधिका बानियाँ र निरु त्रिपाठीले सञ्चालन गरेका थिए।
अध्यक्षमा निर्वाचित भइसकेपछि केसीले संस्थालाई नयाँ ढंगबाट अघि बढाउने र निर्देशित उद्धेश्य पूर्ति गर्नेगरी अघि बढ्ने बताए। केसी धादिङ समाज मात्र नभएर २०११ सालदेखि एनआरएनएमा सक्रिय छन्। एनआरएनएको १७–१९ कार्यकालमा एनएसडब्लु उपसंयोजकको रुपमा अनुभव बटुलेका थिए।