छोटो समयमा सफलताको पछाडि मेहनत र परिश्रम महत्वपूर्ण हुन्छ। सिड्नी वरपर डोमिनोज पिज्जाको ब्राण्डलाई केहि वर्षमै दर्जन स्टोर खोल्न सफल धर्मराज अधिकारीलाई यस भेगमा सफल उद्यमी र सफल अभियन्ताका रूपमा सबैले चिन्छन्।
नुवाकोटको तारूका थातथलो भएका धर्मराज प्रारम्भीक चरणदेखिनै गैर आवासीय नेपाली संघ (एनआरएन) मा आवद्ध छन्।
कामलाई मामसँग जोडेर हेर्ने धर्मराजलाई सफलताको कथा कोर्दैजाँदा धर्मनोज भनेर पनि चिनिने गर्छ। डोमिनोजको पिज्जा व्यवशायले धर्मराजलाई कर्मको वाटो भने कहिले छेकेन। सिड्नीबाट डेढ सय किलोमिटरको दुरीमा रहेको ओलंघनमा बसोबास गर्ने धर्मराज साना, साना सामाजिक कार्यक्रममा पनि हुइँकिएर सिड्नी आइपुग्ने गर्छन्। यो उनको समाजप्रतिको अुटट विश्वास र नेपाली मनप्रतिको आदरभाव पनि हो।
एनआरएन अभियानका विभिन्न कार्यकाललाई विभिन्न जिम्मेवारी बोकेका धर्मराज पछिल्लो महाधिबेशनमा उपाध्यक्ष पदमा झीनो मत अन्तरले पराजित भए। यसअघि धर्मराज एनअराएन ओसेनिया क्षेत्रका संयोजक थिए।
उनको कार्यकालमा भएको केहि अन्तराष्ट्रिय सम्मेलन र कर्म अहिले पनि सम्झनायोग्य छन्।
पराजित भए पनि परोपकारीका कार्यमा पदमै रहिरहनुपर्छ भन्ने सोचमा उनमा थिएन, लागि रहे निरन्तर समाजिक अभियानमा।
एनआरएनको १० औं विश्व सम्मलेन आउँदो अक्टोबरमा नेपालमा हुदैछ र यस पटक पनि धर्मराज उपाध्यक्षको प्रवल दाबेदारीमा उभिएका छन्। ८४ देशमा सांगठनिक संरचना भएको गैरआवसीय नेपाली संघ (एनआरएनए) यतिखेर निकै ठूलो संस्था बनिसकेको छ। ‘फराकिलो दायरामा उभिएर केही गरौं र संस्थालाई अन्तर्राष्ट्रिय जगतमा विश्वाशिलो साझेदारका रुपमा स्थापीत गरौं भन्ने मेरो चाहना हो’, अधिकारीले भने, ‘अस्ट्रेलियाकै सम्बन्धमा कृषि मजदुरको माग बढदै गर्दा हामीले लबिङ गर्न सकिरहेको अवस्था छैन, त्यति मात्र होइन अस्ट्रेलियामा नेपाली उत्पादनलाई बजार प्रर्वधन गराउने काममा पनि हामी पछि परेका छौ, प्रारम्भमा अस्ट्रेलियाबाटै आफ्नो अभियानको थालनी गरौं भनेर उम्मेदवारी दिएको हुँ।
एनआरएनमा महत्वपूर्ण विभागमध्ये उपाध्यक्षले नेृतत्व गर्ने केही विभाग छन्। त्यसमा बसेर विदेशमा बस्ने नेपालीले गच्छे अनुसारको लगानीको वातावरण बनाउने, नागरिकताको निरन्तरतामा दबाब श्रृजना गर्ने अनि बिदेशमा जन्मेका नेपाली मुलका युवा पुस्तालाई नेपालसँग जोड्ने जस्ता महत्वपूर्ण कार्ययोजनामा अघि बढ्ने धर्मराजले सोच बनाएका छन्।
उनको उमेदबारीको अर्को महत्वपूर्ण पाटो भनेको एनआरएनले विदेशमा नेपाली भाषाको निःशुल्क कक्षा सञ्चालन र कला संस्कृतिको जर्गेना हो। ‘विदेशमा बस्ने हाम्रा छोराछोरीले नेपाली भाषा पढेनन् वा जानेनन् भने नेपाललाई बिर्सने पक्का छ, यसैले उनीहरुलाई भाषा, संस्कृतिमा दख्खल गराउनुपर्छ। त्यसका लागि हरेक देशमा भाषा, साहित्य, संस्कृति जगेर्नाका लागि विशेष कार्यक्रम ल्याउन जरूरी छ’, उनले भने।
नेपाली भाषा पढाइने स्कुल, नेपाल सांस्कृतिक केन्द्रको स्थापना अबको महत्वपूर्ण काम भएको धर्मराजको कथन थियो। ८४ देशमा सांगठनिक संरचना भएको एनआरएनको आगामी निर्वाचन धेरै कुराले महत्वपूर्ण छन्। तसर्थ यस अभियानमा जोडिने सबै ब्यक्तित्वले पदाधिकारी छनोटमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास अधिकारीले ब्यक्त गरे।