पछिल्लो समय संसारभर नेपाली फैलदै गर्दा आफ्नो धर्म र कर्मलाई पनि साथै लगेका छन्। अफ्रिकादेखि युरोपसम्म अनि अमेरिकादेखि अस्ट्रेलियासम्म नेपालीको उपस्थिति बाक्लिँदै गर्दा धर्मकर्मलाई निरन्तरता दिँदै आएका छन्।
जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ चाडबाड होस वा रिती रिवाज या परम्परा निभाउँदै आएका छन्।
अमेरिका र अस्ट्रेलियाजस्ता नेपालीको बाक्लो उपस्थिति भएको मुलुकमा सबैखाले चाडपर्व र परम्परालाई धुमधामका साथ मनाइने प्रचलन ह्वात्तै बढेको छ। यसरी धार्मिक परम्पराको बढ्दो आकर्षणलाई ध्यानमा राखेर ग्राहकको सुविधाको लागि केहि नेपाली युवाले पूजा सामाग्रीको अनलाइन व्यापार सुरू गरेका छन्।
पूजा गर्दा कुनै सामग्रीको कमि नहोस् तथा विदेशमा नेपालीको घरमा प्रवेश गर्दा, घरमा तुलसीको मठ होस् , पूजाको सुन्दर मन्दिरसहित नेपालको भाव झल्कियोस् भन्ने उद्देश्य सहित गुरूमन्जरीडटनेट नामक अनलाइन पूजा समाग्री विश्वब्यापी रुपमा सुरू गरिएको कार्यकारी प्रमुख हरिहर ढुंगानाले बताए।
नेपाल, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा परीक्षण व्यापारको रूपमा शुक्रबारदेखि यसको औपचारिक सुरूवात हुने ढुंगानाले सेतोपाटीलाई बताए ।
नेपाली सुपरमार्केट तथा विदेशमा रहेको नेपालीका ग्रोसरी सपमा पूजा सामाग्रीहरू उपलब्ध हुने ढुंगानाले बताए।
अष्ट्रेलियाका कार्यकारी प्रमुख पं प्रकाश ढोडारीका अनुसार विभिन्न साईजका नेपाली कलात्मक घरमा राख्ने मन्दिर, तुलसीको मठ, विवाह, व्रतबन्ध, न्वारान, क्रियाकर्म, घरपूजा, शिलान्यास, नवग्रह, जन्मोत्सव, सत्यनारायण पूजा, श्राद्द सामग्री, सम्पूर्ण पूजाभाडा सेटहरू गुरूमञ्जरी डटकमबाट सहजै पाइन्छ।
चाडपर्व विषेशका रूपमा (दुर्गा पूजा- जमराको जौदेखि सम्पूर्ण सामग्री) हरितालिका पूजा, लक्ष्मीपूजा (सप्तरङ्गी र मखमली माला सहितको टीकादेखि लक्ष्मीपूजाको सम्पूर्ण सेट र नेवार समुदायमा प्रयोग गरिने म्हः पूजा सामग्री सेटर अन्य धार्मिक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु यस अनलाइन सपीङ मार्फत प्राप्त गर्न सकिने पण्डित ढोडारीले बताए ।
‘यसबाट पूजाको लागि यजमानलाई सामग्री किन्ने तथा छनोट गर्ने समस्या रहँदैन। पूजा गराउने पण्डितलाई पनि चाहिने सबै सामग्री सहजै एउटै प्याकेजमा पाउँदा धेरै सजिलो हुन्छ’, पण्डित डोढारीले बताए। साथै गुरूमञ्जरीद्वारा धार्मिक अनुष्ठानमा प्रयोग हुने शाकाहारी क्याटरिङ सेवा, विदेश वा स्वदेशमा रहने छोराछोरीले आमाबुवालाई जन्मोत्सव, विवाह वर्षगाठजस्ता अवसरहरुमा एक दिने, तीन दिने, सात दिने धार्मिक तिर्थयात्राका प्याकेजका कार्यक्रम छन्।
जसमा यात्राका क्रममा धार्मिक क्षेत्रका विभिन्न व्यक्तिद्वारा भजन, प्रवचन, तथा सम्बन्धित तिर्थको महिमाले पनि आनन्दित गराईने छ। यसको लागि अनलाईनबाटै टिकट बुकिङ व्यवस्था गरिएको पण्डितले बताए।
भर्खरै सेवा सुरू गरेको सो समूहले महिला सशक्तिकरणलाई पनि टेवा पुर्याउने बताएको छ। हाल कम्पनीमा कार्यरत श्रमिकमध्ये ८० प्रतिशत महिला रहेको भन्दै आफूहरूको यस प्रयासले महिला सशक्तिकरणमा सहयोग पुग्ने बजार कम्पनीकी व्यवस्थापक निगुमा पुरीले बताईन्।
गुरूमञ्जरीद्वारा विभिन्न धार्मिक गुरूकुल तथा धार्मिक क्षेत्रमा व्यापारबाट प्राप्त निश्चित प्रतिशत रकम सरसहयोग गर्दै आएको छ र निरन्तरता रहने छ।