गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा आयोजना गर्ने निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।
अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ। यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।
यो साच्चीकै गैरआवासीय नेपाली संघको एउटा महत्वपूर्ण कदमका रूपमा रहेको केन्द्रिय सचिव गौरी जोशीले बताए। ‘निर्वाचनमा जादैं गर्दा धेरै खाले गुनासा र असहमतीका स्वरहरु हामीले सुनेका छौ, त्यसैले पनि यस पटक आर्थिक भार नपर्ने गरी प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको हो’, सचिव जोशीले भने।
अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरिएको छ।
गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले बताए।
यसैबीच एनआरएन आइसीसीको निर्वाचन प्रतिनिधि छान्ने क्रममा एनआरएन अस्ट्रेलियाले पहिलो चरणमा १ सय २५ डलर लिइसकेको छ। आइसीसीले यसअघि अमेरिकी पचास डलर लिने निर्णय गरे पनि त्यसको अस्ट्रेलियन ८५ डलरको हाराहारी हुने भएता पनि केका लागि एक सय २५ डलर उठाइएको हो त्यो थाहा नभएको एक जना पूर्व आइसीसी सदस्यले बताए।
केन्द्रले शून्य डलर निर्णय गर्ने र राज्यपरिषदले भने एक सय २५ डलर शुल्क लिनुलाई निकै अनौठो मानिएको छ।