अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर आफ्ना गायनलाई निरन्तरता दिइरहेका गायक राज कुमार गोश्वामीको ‘हिमालै राम्रो हिउँले...’ बोलको गीत यतिखेर टिकटकमा निकै लोकप्रीय देखिएको छ ।
फरक प्रविधिबाट बनाइएको म्युजिक भिडियो र कर्णप्रीय स्वरमा सजिएको यस गीतको टिकटममा समेत पुरस्कार व्यबस्था गरिएको थियो। टिकटकमा पहिलो हुने टिमलाई २५ हजार पुरस्कार राखेर गरिएको प्रतियोगितामा २६ सय प्रतियोगितीले भाग लिएका थिए।
जसमा डियर भोटुको केन्सप्टले यो प्रतियोगिता जितेको गायक राजकुमारले बताए।
समूहमा राखेर बनाइएको यो टिकटक निकै रूचाइएको थियो भने डियर भोटुले गाउँघरको टिपीकल पहिरनमा यस गीतको टिकटक बनाएर सुनमा सुगन्ध छर्ने प्रयास गरेका थिए।
युटयूवमा लाखौंले हेरिसकेको यो गीत निकै फरक परिवेशमा बनाइएको राम्रो सांगीतिक उपहार भएको यसका दर्शक स्रोता बताउँछन्।
‘फेसबुकमा गीतका टिकटकहरु धमाधम आउन थालेपछि यसलाई पनि फरक सोचमा अगाडि बढाउन मन लाग्यो र नगद पुरस्कार राखेर घोषणा गर्यौ,’ राजकुमारले भने, ‘यति धेरै आए, तर ग्रामिण परिवेशमा समूहमा यति धेरै मानिसलाई नचाएर बनाइएको डियर भोटुको टिकटकले सबैको मन छोयो र पहिलो भयो।’