सिड्नीमा जारी कडा लकडाउनबीच नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) ले शनिबार रक्तादान कार्यक्रम सम्पन्न गरेको छ।
सिड्नीमा खेलकुदलगायत अन्य सामाजिक कार्यक्रममार्फत आफूलाई परिचित गर्दै आएको नवाज पुरानो सामाजिक संस्था मध्ये एक हो।
आज बढ्दो चिसो र लक डाउनका कारण सहभािगतामा केही कमी आए पनि १५ जनाले रक्तदान गरेको नवाजका अध्यक्ष चिरन तिवारीले बताए।
‘कोरोनाको बढ्दो प्रभाव र लकडाउनका कारण अन्य गतिविधि गर्न नसकिरहेको अवस्थामा हामीले परोपकारी कार्यका रूपमा रक्तदान कार्यक्रम गरेका हौं, संस्थाका अध्यक्ष तिवारीले भने।
एक्सपर्टको कार्यकारी निर्देशक मन्जित घिमिरेसहित सामाजिक अभियन्ता बिष्णु हमाल, लक्ष्मण बेलबासे, बिशाल पन्थीलगायतले रक्तदान गरेका थिए।
सन् १९९९ मा सिड्नीमा स्थापना भएको नवाजले हरेक वर्ष नवाज कप फुटबल लगायतका विविध गतिविधि गर्दै आएको छ।