अमेरीकी गोप्य सूचनालाई सार्वजनिक गरेर तहल्का मच्चाएका अस्ट्रेलियन पत्रकार जुलियन असान्जका रिहाइको माग गर्दै सिड्नीको पारमाटामा उनका समर्थकहरू प्रदर्शन गरेका छन्।
विकिलिक्सका सम्पादक असान्जको अमेरिकामा मुद्दा चलिरहेता पनि उनी भने बेलायतको वेलमार्श जेलमा बन्दीका रुपमा छन्।
उनलाई अमेरिका सपुर्दगी गर्ने विषयमा निकै ठूलो बहस भइरहेको छ। विकिलिक्सका संस्थापक जुलियन असान्ज सन् २०१२ देखि लन्डनकोइक्वेडर दूतावासमा शरण लिइरहेका थिए।
इक्वेडरका वर्तमान राष्ट्रपति लेनिन मोरेनोले असान्जविरुद्ध ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ आरोप लगाएर त्यहाँबाट निकाल्ने सूचना जारी गरेपछि यही अप्रिल ११ का दिन उनलाई बेलायती प्रहरीले हिरासतमा लिएको हो।