लामो समयको विवाद र आरोप प्रत्यारोपबीच नेपाली कांग्रेस केन्द्रिय कार्यालयले अस्ट्रेलियाका लागि अधिवेशन तयारी समितीलाई पूर्णता दिएको छ।
पार्टीले जनम्सपर्क समितीको विवाद मिलाउन नसक्दा यहाँ हरेक राज्यमा अलग र फरक अस्तीत्वका जनसम्पर्क समिति बनेका थिए। लामो समयको वादविवाद र छलफलपछि कृष्ण गिरीको संयोजकत्वमा २१ सदस्यीय अधिबेशन तयारी समितीलाई केन्द्रिय समितीले अनुमोदन गरेको हो।
अधिवेशन तयारी समितीका अन्य सदस्यमा प्रेम सापकोटा, सोम गुरुङ , गणेश केसी, कन्चन पोखरेल, सुरेन्द्र सापकोटा, मधुकर गुरुङ, निल थपलिया ,सुरेश गुरुङ, देबेन्द्र बस्नेत , गणेश पौडेल , निरज श्रेष्ठ, शितल गिरी, राजकुमार अधिकारी, रोहीत खड्का,राजेश केसी ,मनिषा अर्याल, रमेश छत्कुली, दिलिप पोखरेल र सबिन बराल छन्।
नेपाली कांग्रेसको भदौ १७ गते बसेको कार्यसमिती बैठकले अस्ट्रेलियाको लागि अधिवेशन तयारी समतीलाई पूर्णता दिने निर्णय गरेको हो।
यस कमिटीले निकट भविष्यमा सदस्यता बितरण लगायतका प्रक्रिया पुरा गरेर निर्वाचन गरी अस्ट्रेलियाको समस्याको समाधान गर्ने छ।