अष्ट्रेलियामा रहेका नेपाली आदिवासी जनजाती संगठन थारू सोसाइटी सिड्नीको अध्यक्षमा दीपनारायण चौधरी पुनः चयन भएका छन्।
सिड्नीथित रकडेलमा भएको साधारणसभाबाट चौधरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष लेखी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी चयन भएका भएका छन्।
यस्तै पब्लीक अफीसरमा अरुण चौधरी, सांकृतिक संयोजकमा मनोरमा चौधरी, खेलुकद संयोजकमा विनय चौधरी, आइटी संयोजकमा उमेश चौधरी, र विध्यार्थी संयोजकमा सन्दिप चौधरी चुनिएका छन्।
त्यस्तै सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, संन्ध्या चौधरी, उपाशना चौधरी, रन्जना चौधरी र अविनाश चौधरी रहेका छन्। रामेश्वर चौधरीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। जसको सदस्यहरुमा दुर्गानन्द चौधरी र शुकै चौधरी छन्।
सोसाइटीले अझसम्म गरेका विविध परोपकारी काम र कार्यक्रमका बारेमा समिक्षासहित नयाँ योजना बुन्दै कार्यसमिती चयन गरिएको पब्लिक अफिसर अरुण चौधरीले बताए।
नवनिर्वाचित सोसाइटीका अध्यक्ष दिपनरायाण चौधरीले थारू समुदायका हक र हितका साथै विद्यार्थीको सहयोगमा आफूहरू लागिपर्ने बताए।