मानव जिवनको महानतम उद्देस्य बोकेर एकबारको जुनीलाई कसरी सफतीभूत पार्ने भन्ने सोचका साथ अस्ट्रेलियाको सीड्नीलाई कर्मथलो बनाएका खेम शर्माले आफ्नो पहिलो कृति ‘स्वर्णिम रहस्य’ बजारमा ल्याएका छन्।
यी तिनै युवा अभियन्ता खेम शर्मा हुन् जसले अस्ट्रेलियाबाट नेपाल पुगेर अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ गरेर चर्चा कमाएका थिए। विदेशमा बसे पनि नेपाली माटो भनेपछि हुरूक्क हुने शर्माले कोरोनाको पछिल्लो कहर र त्यसपछि होटल क्वारेन्टाइनको समयलाई सदुपयोग गरेर जीवन निर्धक्क जिउने सोचलाई लिपीवद्ध गरेर किताबका रूप दिएका हुन्।
यीनै कर्मयोगी खेम शर्माले जीवन जगतलाई नजिकबाट चियाउने प्रयास यस पुस्तकमार्फत गरेका छन्। विभिन्न दैनिकीलाई नियमित रूपमा संयमित भएर लिपीवद्ध गर्न सके मानीस सुखि र खुसी रहन्छ भन्ने शर्माको पुस्तकको मुख्य ध्येय देखिन्छ।
यो नैतिक शिक्षा भने पटक्कै होइन, शर्माको जिवनको भोगाइ र सिकाइ मात्र हो। एउटै पुस्तकले मानवलाई एकाएक सबैकुरा सिकाउछ भन्ने पनि होइन तर यसलाई पढेर अनुशरण गरे परिवर्तन भने पक्कै आउछ भन्ने यसको निचोड हो।
पुस्तकमा शर्माले नयाँ पुस्तालाई भने समयको महत्व, कर्तव्य, योग, ध्यान, सकारात्मक सोच लगायतका विषयमा भने हामीले सिकाउनुपर्ने कुरामा जोड दिएका छन्। व्यस्तताका वाबजुद पनि समयको सदुपयोग गर्दा जीवनका स्वर्णिम रहस्य प्राप्त गर्न सकिन्छ भन्ने शर्माले पुस्तक मार्फत शन्देश दिन चाहेका छन्।
हुन त यो शर्माको बजारमा आएको पहिलो कृति हो। तर पनि यसमा शब्द र अर्थको जोड घटाउ निकै रोचक र पृथक शैलीमा पस्किएको पाइन्छ जसले गर्दा उनी शब्द शक्तिका साधक हुन भन्ने कुरा प्रष्ट हुन्छ।
पुस्तक अक्षरको सागर मात्र हैन महासागरनै हो त्यसैले पनि यस ज्ञानवर्धक पुस्तकबाट एक अन्जुली मात्र ग्रहण गर्न सके जीवनलाई फाइदा पुग्ने निश्चत छ।