कोभिड–१९ को दोस्रो कहरले देश आक्रान्त भईरहँदा मनमा देश बोकेर बस्ने परदेशी नेपालीको पनि भोक–निन्द्रा हराएको छ।
हरेक दिन कोभिडका कारण आउने मृत्यका समाचार, संक्रमणमा बृद्धि, आदि समाचारले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली आफ्ना परिवार, आफन्तजन, र साथीभाइका लागि निकै चिन्तित छन्।
विदेशी दाताबाट प्राप्त प्राविधिक साथ र सहयोगको प्रयोग गरी नेपाली डाक्टर, नर्स, सफाईकर्मी, सेना, प्रहरी, प्राविधिकलगायत अग्रपंतीमा रहेर कोभिडविरूद्ध खटिनै छन्।
त्यसबाहेक अभाव र आवश्यकता खटकिरहेका छन्। अहिलेको अवस्थामा नेपालमा जति र जत्रै भए पनि सहयोगको खाँचो छ। यही खाँचो महशुस गर्दै, एक्सर्पट एजुसकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो सामाजिक संस्था एक्सर्पट फाउण्डेशनमार्फत ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई प्रदान गरेको छ।
चीनबाट आयातीत यी कन्सन्ट्रेटरमध्ये, ४५ थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी ५ थान बिभिन्न सामाजिक संस्थालाई प्रदान गरेको हो।
१० लिटर क्षमताका पचास थान कन्सन्ट्रेटरको अहिलेको बजार मूल्य करिब साठी लाख रूपैया पर्न जान्छ। ‘यो महामारीको समयमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको अभावले सयौं नेपालीले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो चाहना हो’, एक्सर्पट एजुकेशनका प्रबन्ध निर्देशक बद्रि अर्यालले भने, ‘हाम्रो सानो प्रयासले धेरैलाई सहयोग मिल्ने कुरामा विश्वस्त छौ।’
यसअघि पनि बाढीपहिरो र भुकम्पको समयमा पनि एक्सपर्टले फाउन्डेसनमार्फत परोपकारी कार्यमा हात अगाडि बढाउँदै आएको अर्का निर्देशक सन्जीव शर्माले सुनाए।
प्राप्त स्वास्थ्य सामाग्री स्थानीय आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै वितरण गरिने कुरामा विश्वस्त रहेको नेपालका निम्ति एक्सर्पट फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले बताए।