विश्वका अन्य मुलुकमा गर्मीयाम सुरू हुँदैगर्दा अष्ट्रेलियामा भने दिनानुदिन जाडो बढिरहेको छ। मौसम परिवर्तन भएर चिसो बढेसँगै मौसमी जाडोले रूघा–खोकी, ज्वरोले प्रत्येक वर्ष एक न एक पटक सबैलाई सताएकै हुन्छ।
अष्ट्रेलियामा भने यसबाट बच्न वर्षेनी एक पटक फ्लू भ्याक्सिन लगाईन्छ। यही फ्लू भ्याक्सिन अब एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अन्तराष्ट्रिय बिधार्थीहरुलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रतिष्ठित बिमा कम्पनी बुपासँगको सहकार्यमा, एक्स्पोर्ट एजुकेशनले फ्लू भ्याक्सिनको भौचर वितरण गर्न लागेको हो। विद्यार्थीहरू प्रति लक्षित गरिएको यो कार्यक्रमले उनीहरूलाई जाडोसँगै आउने विभिन्न रोगहरूबाट बच्न मद्दत गर्छ। थोरै काम अनि धेरै पढाईमा समय बिताउने विद्यार्थीलाई सो भ्याक्सिन अति उपयोगी हुने विश्वास गरिएको छ।
सजिलो कुरा त के भने, विद्यार्थीले भौचरलाई अनलाईनमार्फत आफूलाई पायक पर्ने समय र स्थानको फार्मेशीबाट शो भ्याक्सिन लगाउन सक्नेछन्। भौचर प्राप्त गर्न इच्छुक विद्यार्थीले आफ्नो फोटो आईडीसहित अष्ट्रेलियामा रहेका एक्सपर्ट एजुकेशनको चौध वटा शाखा मध्ये कनै पनि शाखामा सम्पर्क गरे पुग्छ।
बिरामी भएर घरै बस्नुपर्यो भने आफ्नो पढाई र दैनिकीमा असर पर्नुको साथै, शारीरिक र मानसिक तनाब बढ्छ। रोग लागिसकेपछि पिर लिनुभन्दा समयमै सावधानी अपनाउनु बेश हुने हुनाले विद्यार्थीलाई मध्यनजर गरेर यो योजना अगाडि बढाइएको एक्सपर्ट एजुकेशनले जनाएको छ।