यतिखेर आधुनिक विश्वको मुटुको धड्कन बनेको छ सूचना प्रविधि। दिनानुदिन यसको महत्व बढदै जाँदा यसका अन्य प्रविधिको पनि विकास हुँदै गइरहेका छन्।
यतिबेला भर्चुअल क्वाइनको बिगबिगी भइरहेको बेला एप्लाइड ब्लकचेनजस्ता सूचना प्रविधिका नयाँ कोर्षले निकै महत्व पाएका छन्।
थोरै ठाउँमा मात्र अध्यन अध्यापन हुने यो ब्लकचेनको डिप्लोमा र एडभान्स डिप्लोमा कोर्ष अहिले नेपालीद्धारा सन्चालित किंगस्टन इन्सिच्यूट अस्ट्रेलियामा सुरू भइसकेको छ।
यही मे इन्टेकदेखि यसको नयाँ सत्र प्रारम्भ हुने कलेजका शिक्षा संकाय प्रमुख डा रवि पौडेलले जानकारी दिए।
यो अहिले अस्ट्रेलियाभर औलामा मात्र गन्न सकिने स्थानमा पढाइ हुने नयाँ विषयका रूपमा रहेको छ। यसमा ब्याचलर संकायको प्रारूपसमेत तयार नभइसकेको अवस्थामा डिप्लोमा पढाइले नै राम्रो अवसर प्राप्त हुने डा.पौडेलले सुनाए। ‘किंगस्टन इन्सिच्यूट सम्भवत अस्ट्रेलियामै छैठौं एप्लाइड ब्लकचेन पढाउने कलेज हो र यसले नयाँ सम्भावनाको ढोका खोलेको छ’, पौडेलले भने, ‘यसमा नेपाल र अस्ट्रेलिया दुबै स्थानबाट पढाइको लागि आवेदन दिन सकिने छ।’
किंगस्टन इन्सिच्यूट अस्ट्रेलियाले विलार्थीको हितलाई ध्यानमा राखेर नयाँ उपलब्धिमुलक आधुनिक सूचना प्रविधिको कोर्ष एप्लाइड ब्लक चेन भित्र्याएको कलेजका प्रिन्सिपल दिपक खनालले जानकारी दिए।
अस्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा ब्यवसायीक दक्षताको महत्वपूर्ण भुमिका हुने भएकाले नयाँ विषय र आधुनिक प्रविधिको बजारमा निकै ठूलो माग भएको यो बिषय कलेजमा भित्राइएको खनालले बताए।
यो सँगै कलेजले जनरल अंग्रेजी कक्षाको पढाइ पनि सुरू गरेको छ। नयाँ विद्यार्थीको हितमा राखेर आवश्यकता अनुरूप कलेजले अंग्रेजी कक्षा सन्चालनमा ल्याएको प्रीन्सीपल खनालले बताए।