कोरोना कहरका कारण लगातार अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीमा भर पर्ने अस्ट्रेलियाको शिक्षा उद्योगमा गम्भीर घाटा देखिने अनुमान गरिएको छ।
अस्ट्रेलियाको एक संस्थाले गरेको सर्वेक्षण अनुसार सन् २०१९ मा ४० अर्बको शिक्षा उद्योग सन् २०२२ सम्ममा घटेर २० अर्बमा झर्ने अनुमान गरिएको हो।
यसले अस्ट्रेलियामा रहेका विश्वविद्यालयलगायत अन्य बृहत् शैक्षिक क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको छ ।
खासगरी सीमा बन्दका कारण अस्तव्यस्त बनेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग महामारीका दौरान एउटा यस्तो गम्भीर मुद्दा बनेको छ जसले अस्ट्रेलियालाई निकै पिरोलिरहेको छ।
अस्ट्रेलियन सरकारको तेस्रो ठूलो आम्दानीका रुपमा रहेको यो उद्योग यसरी खस्कीदै जाँंदा यससँंग सम्वन्धीत लाखौं अन्य व्यबसाय पनि प्रभावित बन्न पुग्नेछन्। जसमा शैक्षिक पारामर्श र अध्यागमन सहयोगी संस्था छन्।
करिब ५० प्रतिशतको कमी आउने यस्ता पूर्वानूमानले अस्ट्रेलियामा विद्यार्थीलाई सेवा दिने संस्थाहरू मात्र नभएर विद्यार्थीहरूका अन्य आवश्यकता पुरा गर्ने संस्थाहरूलाई पनि समस्यामा पर्ने देखिएको छ।
भिक्टोरिया युनिभर्सिटी अन्तर्गतको मिचेल इन्सीच्युटका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा भर परेको शिक्षा उद्योग सन् २०२२ को अन्त्यसम्ममा आधा संख्यामा आउने निश्चीत छ। यसको अर्थ सन् २०१९ मा ४०.३ अर्बको उद्योग सन् २०२२ मा पुग्दा २० अर्बमा झर्ने पक्का पक्की छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन ठप्प छ। यो वर्ष कोही आउन पाएनन्, संख्यात्मक हिसाबले आधाआधि घटेको छ, आगामी वर्षको अन्त्यसम्म पनि यस्तै अवस्था रहे यसले हाम्रो उद्योगलाई ठूलो प्रभाव पार्ने शैक्षिक परामर्शदाताको संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले बताए।
कोरोना महामारीका कारण कक्षा कोठामा हुने प्रत्यक्ष पढाई खुम्चिएको छ भने अनलाइन माध्यमको पढाइले भने व्यापकता पाएको छ।
महामारिमा स्वदेश फर्किएका विद्यार्थी अस्ट्रेलिया आउन नपाउँदा अनलाइन पढाइले हवात्तै प्राथमिकता पाएको छ। जुन हाम्रो जस्तो मुलुकका विद्यार्थीका लागि निकै ठुलो घाटा पनि हो। अहिले नयाँ भिसा लागेर आउन नपाए र पुरानाहरू स्वदेशमै अड्कीका गरी करीब तीन हजार नेपाली विद्यार्थी अनलाइन कक्षा पढन बाध्य भएका छन्।
अस्ट्रेलिया आउन पाउने आशामा अनलाइन पढिरहेका विध्यार्थीको सवालमा मंहगो शुल्कले पिरोल्न थालेको एक पीडित विलार्थीले सुनाए।
महामारी अघि अस्ट्रेलियाको अनलाइन शिक्षा करिब करिब ९० लाख अस्ट्रेलियन डलर बराबरको मात्र थियो। तर सन् २०२० को अन्त्य हुँदै गर्दा यो ३ अर्ब भन्दा बढीको व्यवसाय बन्न पुगेको छ।
पछिल्लो सर्वेक्षणले सन् २०२० को नोभेम्बरसम्म केवल १७ हजार विद्यार्थीले मात्र विश्वविद्यालयमा भर्ना भएको देखिन्छ। जबकि, यो ६ महिनाको अवधिमा एक लाख २० हजार विद्यार्थी भर्ना हुनुपर्ने हो।
राइट एन्ड एशोसियट्स एजुकेशनका निर्देशक बालचन्द्र भट्टराईले अस्ट्रेलियाको शैक्षिक उद्योगका लागि यो गुमेको अवसरका भएको बताउँछन्।
सहज अवस्थामा आकर्षक शैक्षिक केन्द्र बनेको अस्ट्रेलियाका लागि यो ठूलो घाटा पनि हो । यो केवल ४० अर्बको व्यवसायीक घाटा मात्र होइन, यो गुमेको अवसर पनि हो। यसलाई पुरानै अवस्थामा फर्काउन सरकारले विशेष पहल गर्न जरूरी छ।