अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनको एक डिजेबिलिटी संस्थामा एक नेपाली युवा दम्पत्ती नवीनर रक्षा सुसारकको काम गर्छन् । स्थायी बसोबासको अनुमति पाउने प्रकृयामा गतवर्ष सिड्नीबाट लन्चेस्टन ‘बसाइसराई’ गरेका यी दुई सन्तानका मातापिता दुबैले डिजेबिलिटी सेक्टरमा फूलटाइम काम पाए। स्किल्ड वर्क रिजनल ४९१ भिजाअप्लाई गरिसके, उनीहरु खुशी छन्, सन्तुष्ट छन् ।
त्यस्तै लन्चेस्टनकै अर्का दम्पत्ती कृष्ण र अस्मिता दुबै जना एज्ड केयरमा काम गर्छन्। ४९१ भिसाकै लागि सिड्नीबाटै ‘मुभ’ भएका यिनीहरुले पनि एज्ड केयरमा काम पाए, त्यो पनि फुलटाइम । ४९१ भिसा अप्लाई पनि गरिसके । ‘यहाँ भन्दा अरू हामीलाई केही चाहिएन,’ भिसाको पर्खाइमा रहेका उनीहरू सन्तोषभावमा एकैपटक भन्छन् ।
रोचक तथ्य के छ भने, यी दम्पत्तीले काम गर्ने ठाउँमा नेपालीहरुको वाहुल्यता छ । अझ उनीहरुलाई नेपालकै कुनै हस्पिटलमा काम गरेजस्तो महसुस हुन्छ रे, धेरै जसो कामदारहरु नेपाली भएर।
यी उल्लेखित दम्पत्तीमात्र होइनन्, तास्मानियामा भिसा प्रक्रियाको लागि बसाइसरेका धेरैजसो नेपाली एज्ड केयर रडिजेबिलिटी सेक्टरमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
नेपालीहरू अष्ट्रेलियामा भाँडा मात्र माझ्छन् भन्ने आम बुझाईभन्दा विपरीत कर्मस्थलको रुपमा पछिल्लो समयमा हेल्थसेक्टर पहिलो रोजाई बनेको छ । रिजनल मात्र होइन, सिड्नी मेलवर्न लगायत अष्ट्रेलियाका मुख्य शहरहरुका हेल्थसेक्टरमा काम गर्ने नेपालीहरुको संख्या पनि त्यत्तिकै छ ।
यी माथिका उदाहरणहरुले पछिल्लो समयमा अष्ट्रेलियाको हेल्थ सेक्टर नेपालीहरुले काम गर्ने कर्मस्थलको रुपमा पहिलोरोजाइमा पर्न थालेको देखाउँछ ।
यो सेक्टरमा काम गर्ने नेपालीहरु धेरैको संख्यामा सुसारक, सरसफाई र किचनमा छन् । रजिस्टर्ड नर्सको संख्या अन्यको तुलनामा अलि कम छ, तर त्यो संख्या पनि दिनानुदिन बढ्दो छ ।
स्किल्ड वर्क रिजनल ४९१ भिसा अष्ट्रेलिया सरकारले तोकेको ग्रामीण क्षेत्रमा निश्चित प्रक्रिया पुरा गरेपछि स्थानीयसरकारले दिने भिसा हो। यो भिसा पाएपछि ग्रामीण क्षेत्रमा ५ वर्ष फूलटाइम काम गर्न पाइन्छ । यो भिसा पाएको तीन वर्षपछि निश्चित प्रक्रिया पुरा गरेमा स्थायी बसोबासको लागि आवेदन पनि दिन पाइने हुनाले पनि नेपालीहरुको यो भिसाप्रतिको आकर्षण बढ्दो छ ।
यो भिसा पाउनको लागि ग्रामीण क्षेत्रमा स्थानीय सरकारले तोकेको विषयमा १ बर्ष पढेको या यहाँको सरकारले तोकेको क्षेत्रमा करिब ६ महिना 'फूलटाइम' काम गर्नुपर्छ, अनि यहाँको सरकारले भिसाको नोमिनेसन दिन्छ । स्थानीय सरकारबाट नोमिनेसन पाएपछि मात्र भिसा निवेदन दिन पाइन्छ ।
हेल्थ सेक्टर किन बन्यो नेपालीको पहिलो रोजाई ?
अष्ट्रेलियाको हेल्थ सेक्टर भन्नाले हस्पिटल, एज्ड केयर, कम्युनिटी केयर, डिजेबिलिटी केयर लगायत मानिसकोस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरु पर्छन् ।
अष्ट्रेलियाको हेल्थ सेक्टर नेपालीहरुको काम गर्ने पहिलो रोजाई पनुर्को श्रेय कोरोना महामारीलाई जान्छ । नेपालीले काम गर्ने अन्य क्षेत्रहरुमा कोरोना महामारीको कारण परेको असर हेल्थ सेक्टरलाई परेन । ठिक विपरीत महामारीकोसमयमा यो सेक्टरमा काम गर्ने कामदारको माग अझ बढी भयो ।
आखिर किन यो सेक्टरमा कामदारको माग बढि भयो ? यसका पछाडि दुई वटा कुराहरु छन् । एक, यहाँको सरकारलेमहामारीको समयमा हेल्थ सेक्टरलाई अती आवस्यक सेवाको रुपमा परिभाषित गर्यो र अर्को यहाँ काम गर्ने आप्रवासी कामदारहरुले काम गर्न पाउने समयसीमा बढाइदियो ।
महामारीको समयमा हेल्थ सेक्टरमा काम गर्ने विद्यार्थी भिसामा रहेका आप्रवासीलाई हप्ताको २० घण्टा काम गर्न पाउने समय बढाएर ४० घण्टा बनाइदिएपछि पनि विद्यार्थी भिसामा रहेका नेपालीहरु एज्ड केयरमा करियर सुरु गर्न थाले ।
‘हेल्थ सेक्टरमा काम गरेपछि मजाले आवर पाइने रैछ, त्यही माथि यो सेक्टरमा ६ महिना फूल टाइम काम गरेपछि ४९१नोमिनेसन चाँडै आयो,’ दुई वर्ष ‘हाउसकिपिङ’को काम गरेपछि हेल्थ सेक्टरमा काम सुरु गरेका एक नेपाली युवतीले पंक्तिकारसँग भनिन् ।
‘महामारीका कारण होटल सबै बन्द भएर काम छुट्यो, यो सेक्टरमा आएपछि आवर पाइयो,’ हेल्थ सेक्टर उनको रोजाइमापर्नुको कारणबारे उनले थपिन्, ‘जस्तो सुकै अवस्थामा पनि यो सेक्टरमा काम गरेपछि जब ‘सेक्युअर्ड’ हुने रहेछ,’ महामारीको उदाहरण दिँदै उनले भनिन् ।
सन् २०१६ मा अष्ट्रेलियाको शिक्षा विभागले गरेको अध्ययनमा एज्ड केयरमा काम गर्नेको संख्या २ लाख ४० हजार ३सय १७ जना थियो । सन् २०५० यो संख्या बढेर ९ लाख ८० हजार पुग्ने उक्त अध्ययनको निष्कर्ष छ । २०१६ सम्मको त्योसंख्यामध्ये ४० प्रतिशत कामदारहरु आप्रवासीहरु थिए ।
ताज्मानियामा हेल्थ सेक्टरमा काम गर्नेहरुको माग बढी
हुन त ताज्मानियामा हेल्थ सेक्टरमा काम गर्नेहरु मात्र होइन, अन्य क्षेत्रमा काम गर्नेहरुको माग पनि उत्तिकै छ ।अष्ट्रेलियाका अन्य राज्यको तुलनामा अलि पिछडिएको र ग्रामीण भएका हिसाबले यहाँको आर्थिक विकासमा सबैखालेदक्ष जनशक्तिको अभाव यो राज्यमा खट्किरहेको छ ।
तर ताज्मानियामा हेल्थ सेक्टरमा काम गर्नेहरुको अभाव अझ बढि भएको अध्ययनहरुले देखाएका छन् । आखिर किन ?
ताज्मानियालाई अस्टेलियाकै ‘रिटायर्ड स्टेट’ मानिन्छ । यहाँको भूगोल, अनुकुल मौसम र स्वच्छ हावापानीका हिसाबले ताज्मानियामा रिटायर्ड लाइफ बिताउनेको संख्या धेरै छ। पछिल्लो जनगणना अनुसार यहाँको कूल जनसंख्या ५ लाख २८हजार मध्ये सबैभन्दा धेरै संख्या ५० वर्षभन्दा माथिको छ, र यो अनुपात बढ्दो छ ।
यसले के दर्शाउछ भने ताज्मानियामा एज्डकेयरमा काम गर्ने दक्ष जनशक्तिको अभाव सधै रहरिहने छ ।
एक अध्ययन अनुसार ताज्मानियामा अबको तीन वर्षभित्र एज केयरमा काम गर्ने कामदारहरुको संख्या कम्तीमा ५ हजार आवश्यक पर्नेछ, जुन यहाँको स्थानीय कामदारबाट पुरा हुन नसक्ने उक्त अध्ययनको निष्कर्ष थियो ।
तास्मानिया आउनुअघि विज्ञको सुझाव
अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा निश्चित कोर्स पढेका, निश्चित समय काम गरेका र निश्चित अवधि बसेका आप्रवासीलाई ५ वर्षे भिसा दिने संघीय सरकारको निर्णयले पछिल्लो समयमा ताज्मानिया नेपालीको पहिलो रोजाईको स्थल बनेकोछ ।
ताज्मानिया आएपछि एज केयरमा ६ महिना फूलटाइम काम गरेर ४९१ भिसाको निवेदन दिनेहरुको संख्या अन्य क्षेत्रबाट निवेदनको दिनेको संख्या भन्दा बढि भएको एक्सपर्ट एजुकेसनका तास्मानिया व्यवस्थापक रसीक श्रेष्ठ स्वीकार्छन् ।
तर भिसा निवेदकसँग यहाँको दक्ष कामदारको अभाव पूर्ती गर्न केकस्तो सीप, अनुभव र क्षमता छ त्यसले भिसा निर्धारण गर्ने उनले बताए।
‘चाहे त्यो एज्ड केयर किन नहोस, चाहे त्यो किचनमा काम गर्ने किन नहोस, यहाँको दक्ष जनशक्तिको अभाव पुरा गर्नेक्षमता निवेदकमा हुनुपर्यो,’ श्रेष्ठ भन्छन् ।
मुख्य शहरबाट ताज्मानिया आउने नेपालीहरु हेल्थ सेक्टरमा काम गरेको बिना कुनै अनुभव र सीपसहित मात्रसर्टिफिकेटको भरमा आउने ट्रेण्ड पछिल्लो समयमा देखिएको छ ।
‘हेल्थ सेक्टर भनेको अत्यन्तै संवेदनशील क्षेत्र हो, यो क्षेत्रमा काम गर्नुभन्दा पहिला यो विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दुबै आवश्यक पर्छ, दुबै लिएर आउनुस काम पाइन्छ,’ सरोकारवालाहरुको सुझाव छ ।
हेल्थ सेक्टरमा मात्र होइन, कुनै पनि क्षेत्रमा काम पाउनको लागि निश्चित क्षेत्रको सैद्धान्तिक र व्यवहारिक ज्ञान हुनुपर्ने उनीहरुको सुझाव छ ।