नेपालीको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको ब्यापारिक सहर सिड्नीको दक्षिणपश्चिम क्षेत्रमा युवा वर्गलाई समेट्न र खेलुकदको माध्यमबाट भाइचारा कायम गर्ने उद्धेश्यका साथ साउथवेस्ट स्पोर्टस क्लव गठन भएको छ।
सिड्नीमा आयोजित विशेष भेलाले सूर्यभक्त खनालको अध्यक्षतामा क्लबको नयाँ कार्य समिति गठन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिभक्त अधिकारी र चन्द्रप्रकाश ढकाल छन् भने महासचिवको जिम्मेवारीमा रन्जीत वन्त छन्।
त्यसैगरी सचिव पदमा सुजन न्यौपाने र कोषाध्यक्षमा प्रज्जवल भट्टराई छन्। क्लवको पब्लिक अफिसरको जिम्मेवारी कमल भण्डारीले पाएका छन्। कार्यसमिति सदस्यमा विक्रम शेरचन, कृष्ण भट्ट, प्रकाश क्षेत्री, रमेश अधिकारी, घनेन्द्र फियाक, भिमनारायण सापकोटा, रन्जन पाठक र रवि ओझा छन्।
गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया प्रवक्ता नन्द गुरूङको आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा साउथवेस्टका विभिन्न समाजका प्रतिनिधिको सहभागिता रहेको युवा ब्यवसायी भूपाल सिटौलाले जानकारी दिए।
‘साउथवेस्ट सिड्नीमा नेपालीको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा खेलकुदका माध्यमवाट सामाजिक सद्भाव र ब्यक्तिगत स्वास्थ्य दुवैलाई फाइदा हुने किसिमका कार्यक्रम अघि बढाउन यहाँका स्थानीय युवाकै सकृयतामा स्पोर्टस क्लव गठन गरिएको सिटौलाले भने।
कार्यसमिति घोषणा कार्यक्रममा बोल्दै एनआरएन प्रवक्ता नन्द गुरूङले सामाजिक सद्भाव बढाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले राजनीतिक स्वार्थभन्दा माथि रहेर आगामी दिनमा खेलकुदका विभिन्न कार्यक्रम सहित अघि बढ्न बर्तमान कार्यसमिति सफल हुने विश्वास ब्यक्त गरे।
कार्यक्रममा नेपाली समाजका अगुवाहर सन्दीप खनाल, राजेन्द्र कँडेल, सुरेश रेग्मी, बाबुराम गौतम, रन्जन पाठक, बुद्धि दवाडी, नारायण पाण्डे, चुन्ना क्षेत्री, अच्यूत थपलिया, राजन गुरूङ, प्रेम घिमिरे, पूर्ण दवाडीलगायतका सहभागीता थियो।
नवगठित कार्यसमितिका अध्यक्ष सूर्यभक्त खनालले साउथ वेस्ट स्पोर्टस क्लवलाई सवै समुदाय, वाद र विचारको साझा चौतारी बनाउने बताउँदै निकट भविश्यमै समितिलाई पूर्णता दिई भावी योजना र कार्यक्रमलाई मूर्त रुप दिने प्रतिवद्धता ब्यक्त गरे।