नेपाली नयाँ वर्षको उपलक्ष्यमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नयाँ वर्ष कप फुटबल प्रतियोगिता’को उपाधि ड्रुक एफसीले जितेको छ।
फाइनलमा रोयल नेप्लीज क्यानबेरा क्लबलाई हराउँदै नेपाली मुलका भुटानीहरुको फुटबल क्लब ड्रुक एफसीले उपाधिसहित एक हजार डलरको उपाधि जितेको हो।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो हुने रोय नेप्लीजले भने पाँंच सय डलर र ट्रफी हात पारेको थियो।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा ड्रुकका सोनाम दोर्जे, उत्कृष्ट खेलाडीमा जाम्याङ, सर्वाधिक गोलकर्ताको उपाधि पेनाङ दोर्जी तथा उत्कृष्ट रक्षापंक्तीका खेलाडीको उपाधि क्यानबेराका निराजन प्रधानले हात पारेको आयोजक क्यानबेरा नेप्लीज फुटबल क्लबका सचिव किरण अधिकरीले जानकारी दिए।
क्लबका अध्यक्ष सुरज पौडेलेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विजेता खेलाडीहरुलाई नेपाली राजदूतावासकी कार्यकारी चिफ दी मिशन द्रुपदा सापकोटाले पदक तथा प्रमाणपत्र वितरण गरेकी थिइन्।
क्लबका अध्यक्ष पौडेलले प्रतियोगिता र क्लबलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा प्रायोजकलाई धन्यवाद ज्ञापन गरेका थिए।