रूपन्देही समाजिक संजाल अस्ट्रेलियाले नेपाली नयाँ वर्ष धुमधामका साथ सिड्नी पार्कमा मनाएको छ।
कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो। सिड्नीस्थित टेम्पी पार्कमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय उपाध्यक्ष मन केसी, ओसेनिया संयोजक होम पाण्डे, प्रवासी नेपाली एकता मन्चका रमेश पाण्डे, एनआरएनका उपाध्यक्ष देव गुरूङ, प्रवक्ता नन्दु गुरूङ, सामाजिक अभियन्ता दिनेश पोख्रेल लगायतले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सिड्नीस्थित विभिन्न संघ सस्थाका प्रतिनिधि, संस्थाका पूर्व अध्यक्षहरू राज खनाल, कृष्ण गैरे, सल्लाहकार र रुपन्देहीबासीको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा संस्थाका महासचिव दिवाकर काफ्लेले संस्थाले विगतको अप्ठेरो परिस्थितीमा गरेका सामाजिक कामको बारेमा प्रकाश पारेका थिए।
सञ्जालले कोभिडको महामारीताका समस्यामा परेका नेपाली विद्यार्थीको लागि एनआरएनएले गरेको राहत बितरणमा आर्थिक र भौतिक सहयोग गरेको, रक्तदान कार्यक्रम र रुपन्देही जिल्लाकै एक जना बलात्कृत बालिकालाइ आर्थिक सहयोग गरेको काफ्लेले जानकारी दिए।
कार्यक्रममा सांस्कृतिक संयोजक मुक्तीराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए। नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई संस्थाका अध्यक्ष तथा गायक ईश्वर पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए।