नेपाली कला र संस्कृति तथा साहित्यको प्रवर्द्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता बस्नेत केसी पुनः चयन भएकी छन्।
संस्थाको अधिवेशनले बस्नेतसहित अन्य पदाधिकारीको निर्विरोध चयन गरेको हो।
अस्ट्रेलियामा भानु जयन्ती, नेपाली लोक नृत्य कक्षा सन्चालन गरिरहेको प्रतिष्ठानको उपाध्यक्षमा सीमा रोशी (साहित्य) र सितल गुरूङ (संस्कृति), महासचिवमा रिना केसी, सचिवमा दिपा श्रेष्ठ, कोषाध्यक्षमा भुषण रोक्का र सह कोषाध्यक्ष ज्वाला बिष्ट निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको प्रवक्तामा रमेश बाँनिया चुनिए। साथै संस्थाका कार्यकारी सदस्यमा कुमारी गुरूङ, मञ्जु गुरुङ, रेखा भट्टराई, सपना भुषाल, रोशनी श्रेष्ठ, राजेन्द्र आचार्य, संगिता बस्नेत, राम राहुल घिमिरे छन्।
संस्थाको साधारणसभाले सल्लाहकारसमेत चयन गरेको छ। सल्लाहकारमा ग्रानभिल समाजका अध्यक्ष रमेश थापा, नेपाली समाजका अगुवा इन्द्रा वन, र नारायण प्रधान, एनआरएनका उपाध्यक्ष देव गुरूङ, बिदुर ढुंगेल र ज्ञान गुरूङ छन्। यस्तै संस्थाको संरक्षकमा जानकी पौडेल छन्।
सिड्नीमा सन् २००८ मा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको हालसम्म ब्रिसवेन र क्यानबेरामा शाखा स्थापना भइसकेको छ।