ओसेनिया एजुकेशन एन्ड भिसा सर्भिसेजले अष्ट्रेलियाको पर्थमा आफ्नो शाखा बिस्तार गरेको छ।
आफ्नो गुणस्तरीय सेवालाई सिड्नी बाहिरका सहरमा विस्तार गर्ने क्रममा पर्थको मुर्रे स्ट्रीटमा सोमबारदेखि शाखा खोलेर सेवा सुरू गरेको ओसेनिया एजुकेशनका कार्यकारी प्रमुख सन्दीप खनालले सेतोपाटीलाई जानकारी दिए।
पर्थमा रहेका नेपाली विद्यार्थीलाई गुणस्तरीय अध्यागमन तथा शैक्षिक सेवा प्रदान गर्ने लक्ष्यसहित शाखा विस्तार गरेको खनालले बताए।
नेपाली विद्यार्थीको संख्या बढेसँगै अस्ट्रेलियाका बिभिन्न शहरका विश्वविद्यालय र कलेजमा भर्ना तथा अन्य विषयमा परामर्स र शैक्षिक अध्यागमन प्रदान गर्ने भन्दै ओसेनियाले सेवा बिस्तार गरिरहेको खनालले स्पष्ट पारे।
नेपालको काठमाडौं र चितवनमासमेत कार्यालय रहेको ओसेनियाको सिड्नीमा टाउनहल र पारामाटामा दुई वटा कार्यालय यसअघिनै स्थापित छन्।
अस्ट्रेलियाका विभिन्न शहरमा नेपाली तथा दक्षिण एसियाली विद्यार्थीको महत्व बढिरहेको बेला हामीले आफ्नो गुणस्तरीय सेवालाई अन्य शहरमा पनि पुर्याउनुपर्ने भन्दै स्थानीय नेपाली समाजका अगुवा खेलप्रेमी सुवास श्रेष्ठको अगुवाइमा पर्थ शाखा खोलिएको ओसेनियाका कार्यकारी निर्देशक भुपाल सिटौलाले बताए।
‘हामी पेशामा इमादारीता र सेवामा प्रभावकारीताको मुल्य मान्यतालाई अगाडि बढाएर ओसेनियाको ब्रान्डलाई अस्ट्रेलियाभर फैलाउने अभियानमा लागेका छौ’, उनले भने, ‘त्यसैको प्रयासस्वरुप हामी पर्थ पुगका हौं।’
एनआरएन अभियन्तासमेत रहेका पर्थका जुझारू ब्यक्तित्व सुवास श्रेष्ठले नेपाली विद्यार्थीको सहज पहुँचको लागि यस अभियानमा आफू सरिक भएको बताए।
ओसेनियाका कार्यालय प्रमुख महेश सिंहले विद्यार्थीको गुणस्तरीय सेवानै पहिलो प्राथमिकता भएको दाबी गरे।
शाखाको उद्घाटन कार्यक्रममा पर्थका नेपाली समाजका अगुवाहरू भैरव ढकाल, एनआरएन ओसेनिया युवा संयोजक राज थपलिया, जनसम्पर्क समिति पर्थका संयोजक दिपक पराजुलीलगायतको उपस्थिति थियो।
पर्थ निर्देशक डेल श्रेष्ठको नेतृत्वमा प्रीयंका कुँवर, दुर्गा कुँवर, दिपिका ताम्राकार, ईन्दिरा कँडेलले पर्थ ओसेनियालाई अगाडि बढाउने जानकारी गराए।