भिक्टोरिया नेप्लिज क्रिकेट संघको आयोजना तथा एनआरएन अस्ट्रेलिया खेलकुद विभागको समन्वय अनि एक्सपर्ट एजुकेसनको प्रायोजनमा यही आउँदो अप्रिल १० र ११ मा एक्सपर्ट अन्तर राज्य त्रिकोणात्मक क्रिकेट प्रतियोगिता मेलवर्न नजिकै जिलोङमा आयोजना हुने भएको छ।
तास्मानिया, न्यू साउथवेल्स र भिक्टोरियाको टोली सहभागी हुने प्रतियोगितामा थुप्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा देखिएका अनुहारहरू समेत मैदानमा देखिने भएका छन्।
तास्मानिया नेप्लिज क्रिकेट संघको टोलीको नेतृत्व पूर्व राष्ट्रिय टोलीका तेज बलर अमृत भट्टराई, उमेर समूहबाट प्रतिनिधित्व गरेका गोविन्द कार्की, न्यू साउथवेल्सबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका नविन गुरूङको नेतृत्वमा र भिक्टोरियाबाट भने राष्ट्रिय प्रतियोगिता खेलेका पूर्वाञ्चालका कुशल तुलाधरको नेतृत्वमा सन्दीप यादव लगायत मैदानमा उत्रने भएका छन्।
लिग कम फाइनलको आधारमा दुई दिनसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिने आयोजक भिक्टोरिया नेप्लिज क्रिकेट संघका अध्यक्ष सुजित बस्नेतले बताए।
अस्ट्रेलियामा छरिएर रहेका प्रतिभाशाली क्रिकेट खेलाडीहरूको मौका परीक्षा र आपसी भाइचाराका लागि प्रतियोगिताको संरचना तयार पारिएको एनआरएन खेलुकद विभागका सहसंयोजक यशवन्त सुवेदीले बताए।
उनले यस प्रतियोगिता एनआरएनको छातामुनि रहेर राष्ट्रिय प्रतियोगिताको ढोका खोल्ने अवसरका रूपमा पनि रहेका बताए।
प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन तथा अन्य सहयोगीहरूमा हंग्री आइज रेस्टुरेन्ट, थ्रिआरजे, बुद्ध ट्राभल्स , एभरेष्ट ड्राइभिङ, डेस्टिनी लिभिङ, क्याप्कर्न, लालीगुराँस लगायत छन्।