प्रवासमा स्थापित विभिन्न संघ संस्था आफ्नो मुलुकमा योगदान गर्ने भन्दै गतिविधि बढाउन थालेका छन्।
रमेश पाण्डेको अध्यक्षता बसेको बैठकद्धारा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा सहिद तथा घाइते एवं अपाङ्ग र द्वन्द्वपीडित विपन्न परिवारलाई लक्षित युवा सशक्तिकरण एवं रोजगार अभिमुखीकरण कार्यक्रमको निम्ति ५० लाख नेपाली रुपैयाको कोष खडा गर्ने निर्णय गरेको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भर्चुअल उपस्थितिमा सो निर्णय गरिएको संस्थाका सचिव शिशिर नेपालले जानकारी गराए।
साथै यस राष्ट्रिय समितिको बैठकमा विभिन्न राज्यका इन्चार्जद्वारा आ-आफ्ना राज्यका प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको गतिविधि बारेमा जानकारी गराएको नेपाली एकता मञ्च अष्ट्रेलियाका प्रवक्ता सन्तोष दाहालले जानकारी दिए।