चितवन समाज अस्ट्रेलियाको पाँचौं वार्षिक साधारणसभाले सामाजिक अभियन्ता पूर्णनाथ घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
दश वर्षअघि स्थापना भएको चितवन समाजको अध्यक्षमा युवा व्यवसायी विनोद पौडेललाई पराजित गर्दै पूर्णनाथ घिमिरे निर्वाचित भए।
समाजको साधारणसभामा अध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो भने अन्य सबै पदमा निर्विरोध भएको थियो। समाजको उपाध्यक्षमा विकास वर्तोला, कोषाध्यक्षमा सीता सुवेदी, सहसचिवमा कृष्णकान्त पौडेल, प्रवक्तामा श्यामसुन्दर गिरी, जनसम्पर्क संयोजकमा पुरुषोत्तम संग्रौला छन्।
यस्तै समाजका सदस्यहरुमा आत्मराम कँडेल, कुशल केसी, हरिभक्त अधिकारी, रमेश अधिकारी, हेमराज पौडेल, आनन्द पाठक, विष्णु थपलिया, आशा श्रेष्ठ, सुजन बर्तोला छन्।
महासचिव र सचिव पद भने पछि नियुक्त गरिने भएको छ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालको शुभकामना सन्देश पढेर सुनाइएको थियो। सन् २०११ मा स्थापित चितवन समाजले चितवनमा थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आएको छ।
कार्यक्रममा न्यू साउथ वेल्स महावाणिज्यदूत दिपक खड्काले जन्मेको ठाउँ र हुर्केको गाउँंलाई सम्झेर प्रवासमा पनि मुलुकको विकास र विस्तारमा सहयोगी भूमिकामा देखा पर्नु महत्वको विषय भएको बताए।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गर्दै विदेशमा काम र परिवारबीच समय निकालेर सामाजिक सेवामा समर्पीत हुनु चानचुने विषय नभएको बताए।
कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष मन केसीले भुगोलको आधारमा खोलिएको संघ संगठनहरुले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष डिला खरेलल चितवनको भुगोल र यसको विविधताबारे जानकारी गराएका थिए।
एनआरएनए आइसीसीकी महिला संयोजक भूमा लिम्बु,ओसियना संयोजक होम पाण्डे, महिला संयोजक जानकी पौडेल लगायतले नवनिर्वाचित पदाधिकारीको सफलतामा शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा दुई वर्षे कार्यकालमा चितवन समाजले गरेको कामको वृतचित्र प्रस्तुत गरिएको थियो। एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष तथा चितवन समाजका निवर्तमान उपाध्यक्ष अनिल पोखरेलले कार्यक्रम सन्चालन गर्दै समाजका विविध गतिविधि बारे प्रकाश पारेका थिए ।
निवर्तमान अध्यक्ष छबी सापकोटाले आफ्नो दुई वर्षे कार्यकालको भए गरेका कार्यक्रम र परोपकारी कार्यको विवेचना गरे।
चितवन समाजका संरक्षक बुद्धि डल्लाकोटीले चितवन समाजको स्थापना र यहाँसम्म ल्याउन योगदान दिने सबैलाई धन्यवाद प्रदान गर्दै चितवनको महत्व र यसको विविधताले सबेलाई आकर्षित पारेको सुनाए।
कार्यक्रममा आईसीसीका मानार्थ सदस्य डिल्ली ढकाल, बालचन्द्र भट्टराई, न्यू साउथ वेल्सका संयोजक देव गुरूङ, एनआरएनए अस्ट्रेलिया प्रवक्ता प्रवक्ता नन्द गुरूङ, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी,सुरेन्द्र सिग्देल, पूर्व उपाध्यक्ष प्रेम सापकोटा, पूर्व महासचिव भरत पोखरेल, युवा अभियन्ता खेम शर्मा, एनएडीएफका पुर्व अध्यक्ष विवेक थापा, एनएफडिफएका अध्यक्ष सुरेन्द्र सापकोटा, नयाँका अध्यक्ष प्रकाश अर्याल लगायतको सहभागिता थियो।