परिवारवाट टाढा रहेर एक्लोपन महशुस गर्नेका लागि मनको बह पोख्न सकुन् भनेर सिड्नीस्थित असनेप आइटी सोलुसनले ‘आइकन फेस’ नामक एप्स बजारमा ल्याएको छ।
अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाले उक्त एप्स सञ्चालनमा ल्याएका हुन्। विशेषत कोरोना महामारीका र यसको प्रभावका कारण एक्लोपन महशुस गरिहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप्स सञ्चालनमा ल्याएका हुन्।
आइटी सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एप्स मार्फत मानिसहरुले आफ्नो मनका बहहरु सार्वजनिक गर्न सक्नेछन्। यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा पनि छ।
‘वास्तवमै विदेशमा अध्ययन गर्न आएका विद्यार्थी हुन् वा अन्य भिसामा रहेर संघर्ष गरिरहेका युवा जमात सबैमा पीडाभाव र एक्लोपनले केही न केही सताउने गर्छ यस्तो परिस्थितिमा आफ्ना मनका बहहरु पोख्ने एउटा माध्यम बन्न सकोस भन्ने हेतुले हामीले यो एप्सको प्रारम्भ गरेका हौ’ , विवेकले सेतोपाटीसँग भने, ‘त्यति मात्र होइन कतिपय अवस्थामा मानिसहरु डिप्रेसनमा परेका पनि हुन्छन र उनीहरुले यो एप्स मार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न पनि सक्छन्।’
यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरूष वा महिलालाई पनि आफ्ना भावना प्रस्तुत गर्न सक्ने उनले बताए।क्षेत्रीका अनुसार आफ्ना मनका कुरा एप्समार्फत व्यक्त गरेर मन हलुका बनाउन समेत यसले मद्दत पुग्नेछ।
विदेशमा अध्ययन गर्न आउने विद्यार्थीका लागि आफ्ना कथा ब्यथा पोख्ने एउटा राम्रो माध्यम आइकनफेस बन्न सक्ने एकाका अध्यक्ष भुपाल सिटौलाले सुनाए। ‘यो एकान्तको साथी र आवश्यक परे सल्लाह सुझाबको माध्यम पनि बन्न सक्ने छ। ब्यक्तिगत तवरले गालि गलौज र अपशब्दको प्रयोगमा भने एप्सले प्रतिवन्ध लाउन सक्ने छ’, उनले भने।
सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले भविष्यमा अझ राम्रा राम्रा एप्समार्फत प्रयोगकर्तालाई सुविधा दिने सुनाए।
असनेप सोलुसनको नेपालमा पनि शाखा रहेको छ। प्रयोगकर्ताले एप स्टोरमा गएर यसरी डाउनलोड गर्न सक्नेछन्।