स्टुडेण्ट भाइस अष्ट्रेलियाको आयोजनामा ‘अब म पनि बोल्छु’ शीर्षकमा आयोजित वृहत बक्तृत्वकला प्रतियोगिताको उपाधि भुवन कडरियाले जितेका छन्। प्रतियोगितामा अनिता पौडेल दोस्रो र भुवन तिमल्सीना तेस्रो भए।
अष्ट्रेलियामा सिकेको सिप र ज्ञानलाई नेपाल पुर्याउन युवाको भूमिका विषयलाई प्रतियोगिताले मूल रूपमा उठान गरीएको थियो।
भिमसेन सापकोटा, साउदर्न ऐकेडेमीका सिइओ मन केसी, सिड्नी सिटी कलेजकी प्रिन्सीपल रन्जु वाग्ले थापा, युवा अभियन्ता बिनोद पौडेल र ओपेरा ऐकेडेमीकी बोर्ड मेम्बर अनु रेग्मी निर्णायक थिए।
प्रतियोगितामा १२ जना उत्कृष्ट प्रतियोगि भर्चुअल अडिसनबाट छनोटमा भएका थिए। प्रतियोगितामा प्रथम हुनेले ५ सय डलरको साथमा ट्रफी तथा प्रमाणपत्र, दोस्रो हुनेले ३ सय डलर तेस्रो हुनेले आयोजकको तर्फबाट २ सय डलर र ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
आयोजक स्टुडेन्ट भ्वाइसले यसअघि रेखा मेमोरियल ट्रष्टको सहकार्यमा म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ अध्यनरत १८ वर्षीय कोपिला पुनलाई नगद पचास हजार सहयोग गरेको थियो।
पुन विगत लामो समयदेखि दिर्घ रोगबाट पीडित थिए। पढाईमा अत्यन्त रूचि राख्ने पुनले आफ्नो सपना पुरा गर्न सबै जनाको साथ पाउदा आभार व्यक्त गरेका छन ।
कार्यक्रममा आयोजक बद्री बडुवालले सहभागिलाई धन्यवाद ब्यक्त गरेका थिए। प्रतियोगिताको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देबबहादुर गुरूङ तथा प्रबक्ता नन्द गुरूङ एक्काका अध्यक्ष भूपाल सिटौला लगायतका ब्यक्तित्वहरूको उपस्थिति थियो ।