अठार वर्ष लामो शैक्षिक यात्रामा आफ्नो सेवालाई विभिन्न मुलुकमा विस्तार गर्न सफल एक्सपर्टले आफ्नो पहिचानलाई उजिल्याउने सन्दर्भमा नयाँ लोगो सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ।
एक हजार डलर धनराशीको लोगो प्रतियोगिता गरेरे त्यसबाट छानिएको उत्कृष्ट लोगोलाई एक्सपर्टले आफ्नो ब्रान्डमा जोडेको हो।
सो प्रतिस्पर्धामा भारतका डिजाइनर आमिर खानले पहिलो स्थान प्राप्त गर्दै एक हजार डलर हात पारेका थिए।
नेपाल, भारत, बंगलादेश लगायत १३ राष्ट्रमा आफ्नो शाखा विस्तार गर्न सफल एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले एक प्रतिस्पर्धाबीच आफ्नो नयाँ लोगो छानेको हो।
कर्पोरेट विजनेसमा नीलो कलरलाई प्राथमिकताका साथ अगाडि बढाएको एक्सपर्टले भारतमा रहेको डिजाइनर आमिर खानको डिजाइनमा नयाँ लोगो तयार पारेको हो।
शैक्षिक परामर्श सेवामा अस्ट्रेलियामा डेढ दशकको यात्रा पार गरेको एक्सपर्टले आधुनिक युगमा नयाँ आयाम कोर्न र आफ्नो विश्वासलाई दीगो पार्न पनि नयाँ पहिचानसहितको लोगो प्रयोगमा ल्याएको यसका निर्देशक सन्जिव शर्माले बताए।
१८ वर्षअगाडि एक्सपर्ट प्रारम्भ गर्दा बनाएको लोगोले हाम्रो ब्रान्डिङ गरे पनि यसैसँग मिल्दोजुल्दो रंगमा नयाँ पहिचानसहित आधुनिक पहिचानयुक्त लोगो अहिलेको आवश्यकता रहेको शर्माले सुनाए।
‘१३ देशमा ४० भन्दा बढी शाखाहरूको विस्तारसँगै एक्सपर्टले आफ्नो पहिचानलाई थप सशक्तीकरण गर्नुपर्ने आवश्यकता अनुरूप हामीले नयाँ लोगो प्रतिस्पर्धामार्फत अगाडि ल्याएका हौं’,एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले भने।
यही मार्च १९ तारिखदेखि प्रयोग हुने गरी कम्पनीले आफ्नो नयाँ लोगोलाई आधिकारिक रूपमा अगाडि बढाएको छ।
अबका दिनमा एक्सपर्टका सबै खाले काम कारबाहीमा नयाँ लोगोको प्रयोग हुने निर्देशक अर्यालले सुनाए।