अस्ट्रेलियामा रहेका नेपाली विज्ञहरूको सहभागितामा प्रकोप र महामारी विषयमा एक दिने सम्मेलन हुने भएको छ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा हुने सम्मेलन २७ मार्चमा हुने आयोजक एनआरएनले जनाएको छ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलिया डिजास्टर, इमर्जेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट टाक्स फोर्सको आयोजनामा हुन लागेको सोही क्षेत्रका विज्ञ डा. भरतराज पौडेलले जानकारी दिए।
सम्मेलन आयोजना गर्न अस्ट्रेलियास्थित नेपाली दूतावास, नेपाल साइन्स फाउण्डेसन ट्रष्ट, अस्ट्रेलियव नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन (एम्डा) र फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का)को सहकार्य रहेको छ।
पौडेलका अनुसार अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड १९) महामारीका क्रममा प्रकोप विज्ञहरूले खेलेको भूमिका, सिकाइ र योगदानलाई आदानप्रदान गर्ने अवसरको रूपमा यो सम्मेलनलाई हेरिएको छ।
सम्मेलनको मुख्य वक्ताको रूपमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले रहेका छन्। कार्यक्रममा प्रकोप महामारी यसका नियन्त्रण अनि प्रभावका बारेमा विभिन्न दश वटा कार्यपत्र प्रस्तुत हुनेछन्।