पछिल्ला दिनमा अस्ट्रेलयाको पिआरको दौडमा मोफसल दर्गुनेको भिडमा तास्मानिया नम्बर एक रोजाइको स्थान बनेको छ।
तास्मानियामा एक वर्षअघिसम्म पनि सयमा गणना हुने नेपालीको संख्या यतिखेर ह्वात्तै बढेर आठ नौ हजारको हाराहारीमा पुगिसेकेको छ। यसै क्रममा होवार्टवरपर नेपालीको संख्यात्मक वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि ह्वात्तै बढेका छन्।
यसैक्रममा तास्मानियामा सक्रिय युवाको प्रयासमा हालै प्रषेश पौडेलको अध्यक्षतामा नेप्लीज तास्मानीया खेलकुद संघ गठन गरेको छ।
खेलकुदको माध्यमबाट नेपाली समुदायबीच आपसी भाइचारा कायम गर्नुका साथै प्रतिभाशाली खेलाडीलाई होसला प्रदान गर्ने उद्धेश्यले गठित सो संघको उपाध्यक्षमा रबिन भट्टराई, सचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा भोला श्रेष्ठ तथा सह सचिवमा दिपीन बिम्ब छन्।
खेलुकद संघको पब्लीक अफीसरमा बिष्णु सापकोटा, सल्लाहकार सम्पादकमा राजेश कुवंरतथा सल्लाहकार सदस्यमा बी.देव बास्कोटा चयन भएका छन्।
संघले निकट भविष्यमै विविध खेलुकद प्रतियोगिताको माध्यमवाट संघको गतिविधि थाल्ने कुरा संघका उपाध्यक्ष रविन भट्टराइले जानकारी दिए।