स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा पहिलोपल्ट बृहत् वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ।
यही मार्च २१ मा कार्यक्रमको फाइनल चरण सिड्नीको ग्रानभिलमा आयोजना हुने भएको हो।
बोल्ने कला भएका नेपाली विद्यार्थी तथा अन्य युवाहरूको लागि स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको सञ्चालन गरिएको हो।
कार्यक्रमलाई दुई खण्डमा विभाजन गरिएको छ।
पहिलो खण्डमा भर्चुअल अडिसन हुनेछ र भर्चुअलबाट छनोट भएकाहरूलाई अन्तिम प्रतिस्पर्धाका बोलाइनेछ।
प्रतियोगिताबाट प्रथम हुनेलाई ५ सय डलर र प्रमाणपत्र तथा ट्रफी, दोस्रोलाई ३०० डलर तथा ट्रफी, तृतीयलाई २ सय डलर तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरूको व्यवस्था रहेको कार्यक्रमका संयोजक बद्री बरुवालले बताए।
कार्यक्रमको भर्चुअल अडिसनका लागि ‘अस्ट्रेलिया नेपाली विद्यार्थी र तिनको भविष्य’ नामक विषय दिइएको छ।
अन्तिम प्रतिस्पर्धाको लागि अहिलेसम्म विषय खुलाइएको छैन।
अन्तिम प्रतिस्पर्धाको निर्णायक मण्डलमा साउदन एकेडेमी ग्रुपका सिइओ मन केसी, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टकी प्रिन्सिपल रन्जु वाग्ले, अनु रेग्मी, सामाजिक अभियन्ता विनोद पौडेल तथा योगगुरू भीमसेन सापकोटा रहने छन्।