एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जले सिड्नीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाएको छ।
नेपालको ग्रामिण भेगमा महिनावारीप्रतिको परम्परागत सोच र महिलाको स्वास्थ्य बारेमा जनचेतना फैलाउने उद्धेश्का साथ आयोजना गरिएको कार्यक्रममा सबैले यसको खुलेर प्रंशसा गरे।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम आफैंमा महिला शसक्तिकरणको प्रतिक भएको विचार ब्यक्त गरे।
लामो समयसम्म कोभिडले जकडिएको सिड्नीको नेपाली समाजको पहिलो सर्वजनिक कार्यक्रम समेत महिला दिवसका रुपमा रहनु संयोग मात्र नभइ समग्र महिलाप्रतिको सम्मानका रुपमा समेत रहेको राजदुत दाहालले जिकिर गरे।
कार्यक्रममा राजदूत दाहालले आफ्नो अधिकारका लागि विदेशमा कार्यक्रम आयोजना गर्दै गर्दा नेपालमा रहेका महिलाको उत्थानमा सहयोग जुटाउनु अर्को महत्वपूर्ण उपलब्धिका रुपमा रहेको बताए।
कार्यक्रममा बोल्दै एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसीले नारी र पुरूष एक रथका दुई पांग्रा भएकाले दुबैले समान अधिकारको उपयोग र बराबरीको सम्मान पाउनुपर्ने सुनाए।
उपाध्यक्ष केसीले महिला शसक्तिकरणको आवाज बुलन्द हुँदैगर्दा पुरूषले त्यसलाई नदरअन्दाज गर्नु नहुने बताउँदै यसलाई नारीप्रतीको सम्मान र आदरका रुपमा लिनुपर्ने बताए।
एनआरएन आइसीसी महिला संयोजक भूमा लिम्बुले अन्तर्राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै गर्दा महिलाप्रति गरिने ब्यवहारमा परिवर्तनको खाँंचो आवश्यक रहेको बताइन्।
यस कुराको सुरवात स्वंय एनआरएनवाटै थालनी गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले औल्याइन्।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोभिडको कहरपछि नारी दिवसका रुपमा सिड्नीमा नेपाली समुदायबिच अन्तरक्रियामा सहभागि हुन पाउनु खुसीको बिषय रहेको बताए।
अध्यक्ष कँडेलले महिलाप्रतिको सम्मान र सदभाव एनआरएन अस्ट्रेलियाको पहिलो पदचाप भएको बताए।
कार्यक्रममा नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष सन्ध्या शाहले नारी निकुन्ज अस्ट्रेलियाले अस्ट्रेलियाभर भब्य रुपमा अन्तर्राष्ट्रीय नारी दिवस मनाउदै गर्दा यसको पछाडि भने नेपालको ग्रामिण भेगमा रहेका महिला दिदी बहिनीहरुको सहयोगको उद्देस्य समेत रहेको स्पष्ट पारिन्।
शाहले महिला शसक्तिकरणको आवाजसँंगै शोषित पीडित महिलाको उत्थान र उद्धार अनि सहयोग अहिलेको प्रमुख मुद्दा भएको बताइन्। सानो सहयोगबाट पनि निकै ठूलो मद्दत गर्न सकिने भएकोले कार्यक्रममा प्रायोजन गर्ने मल्टी डाइनामिक, एक्सपर्ट ,इनोभेटिभ एशोसीयसन, अोली एन्ड एशोसियट्स, डोमिनोजका धर्म अधिकारी , सीड्नी सीटी कलेज , इम्पायर एजुकेशन, एकटीभ मोर्गेजलगायतलाई धन्यबाद दिइन्।
नारी निकुन्जकी स्वीकृती भट्टले सञ्चालन गरेको कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्का , कानुन व्यवसायी शम्सेर सिंह थापा, पूर्व आइसीसी सदस्य दिनेशराज जोशी, एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष देव गुरूङ, कोषाध्यक्ष अनिल पोखरेल, प्रवक्ता नन्द गुरूङ, सदस्य पूर्णनाथ घिमिरे , एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल ,ओएनएफका रमेस पाण्डे, सन्चारकर्मी डिल्ली ढकाल, मल्टी डाइनामिकका तेज कवेंलगायतको उपस्थिति थियो।
कार्यक्रममा एनआरएन आइसीसीकी पूर्व प्रवक्ता रन्जु थापा, अधिकारकर्मी अन्जना पन्त, विना पौडेललगायत विविध व्यक्तीत्वलाई प्रंसशापत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा महिला अधिकारको चर्चासँंगै अनिशा गिरीको कविता , उषा बारिया पोखरेल, भावना पराजुली र रन्जु वाग्ले ,रेसु लम्साल र विनिता श्रेष्ठको सामुहिक नृत्यले माहौल तताएको थियो।