अन्तर सांस्कृतिक हरिक्यान क्रिकेट लिग प्रतियोगिताको उपाधि केएलम किङ्सले जितेको छ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको प्रायोजन र इन्टर कल्चरल स्पोर्ट लिगको आयोजनामा भएको प्रतियोगितामा तास्मानीयन पंजावी सोसाईटीलाई हराउँदै केएलएमले उपाधि जितेको हो।
तास्मानियाका विभिन्न क्रिकेट खेल मैदानमा पाँच महिनादेखि जारी प्रतियोगतिामा अस्ट्रेलियासहित दक्षिण एसियाली १४ वटा क्रिकेट टिम बिच प्रतिस्पर्धा भएको थियो।
‘बहुसांस्कृतिक खेलकुद प्रतियोगितामा सहकार्य गर्न पाएको गर्व लागेको छ’, एक्सपर्टका होवार्ट शाखा प्रमुख रसीक श्रेष्ठले सेतोपाटीसँग भने।
प्रतियोगितामा तास्मानियामा सक्रिय नेपाली क्रिकेट क्लवहरू गोर्खा लेजेन्ट, एक्सपर्ट साउदन रेर्डस र काठमाडौं वारियारले सहभागिता जनाएका थिए।
प्रतीयोगितामा भारत, बंगलादेश, श्रीलंकालगायत साउथ एशियन देशका स्थानीय क्रिकेट टिम बिच कडा प्रतिस्पर्धा भएको थियो।
सो क्रिकेट प्रतियोगितामा तास्मानिया राज्यका ‘ए’ ग्रेडका क्रिकेट खेलाडीहरुको पनि सहभागीत रहेको रसीकले जानकारी दिए।
विजेतालाई तास्मानियाको अन्तराष्ट्रिय क्रिकेट रंगशाला ब्लन्स्टोन एरेनामा एक विशेष कार्यक्रमका बिच पदक तथा प्रमाणपत्र बितरण गरिएको थियो।
समापन सभामा तास्मानियाका महान्यायाधिवक्ता, एलिस आर्चर, क्रिकेट तास्मानियाका सिइओ डोमिनिक बेकर, होबार्ट सिटी काउन्सिलका लर्ड मेयर, सरकारी अधिकारी तथा स्थानीय खेलकुद क्लवका प्रतिनिधिहरुको सहभागिता थियो।