दोस्रो अन्तर्राष्ट्रिय आइओएफटिसी पुम्से तेक्वान्दो च्याम्पियनसिपमा गोर्खाज तेक्वान्दो अष्ट्रेलियाका ७ जना खेलाडीले पदक प्राप्त गरेका छन्।
विगतका वर्षमा भौतिक उपस्थितिमै आयोजना गरिने उक्त प्रतियोगिता यस वर्ष अनलाइनबाटै आयोजना गरिएको थियो। कोभिड १९ संक्रमणको महामारीले विश्वलाई त्रास बनाइरहेको अवस्थामा यस प्रतियोगिताले खेलाडीको मनोवल बढाउदै हौसला प्रदान गरेको आयोजक दिवाकर डानले जानकारी दिए।
अमेरिकामा मुख्य कार्यालय रहेको आइओएफटिसीले हरेक दुई वर्षमा प्रतियोगिताको आयोजना गर्दै आएको छ।
विश्व तेक्वान्दो प्रशिक्षकबाट मान्यता प्राप्त प्रतियोगितामा विश्वभरीबाट खेलाडीको सहभागिता थियो। प्रतियोगितामा गोर्खाज तेक्वान्दो अष्ट्रेलियाबाट ९ जनाले सहभागिता जनाएका थिए भने ७ जनाले मेडल प्राप्त गरेका छन्। जसमध्ये प्रसुन विभा श्रेष्ठ, प्राची मिश्र, अनुभा अधिकारी र लव रूवालीले कास्य पदक पाएका छन्।
त्यसैगरी कृषाना गिरी, सिमोन ढुंगाना र शिविका श्रेष्ठले ब्रोन्ज मेडल पाएका छन्। स्थानीय नेपाली समुदाय र अन्तर्राष्ट्रियस्तरमा गरिएका यस्ता राम्रा कार्यहरू सधै प्रशंसनीय र प्रेरणादायी हुने अष्ट्रेलियाका नेपाली अभिभावक अनिल अधिकारीले बताए।
नेपाली समुदायलाई लक्षित गर्दै विगत ३ वर्षदेखि पश्चिम सिड्नीको ग्रानभिलमा गोर्खाज तेक्वान्दो अष्ट्रेलियाले प्रशिक्षण गराउँदै आएको छ।
सन् २०१८ देखि आधुनिक एवं प्रविधिमैत्री प्रशिक्षण दिईने गोर्खाज तेक्वान्दो अष्ट्रेलिया सञ्चालनमा आएको हो।
मुख्य प्रशिक्षक जीवन जोशीले आफूले जानेको सिप र खेल अष्ट्रेलिया जस्तो देशमा आएर यहाँका बालबालिका तथा बिद्यार्थी0लाई सिकाउन पाउद आनन्द र गर्व लागेको बताए।