नेकपामा आएको विभाजनसँगै प्रवासमा रहेका भातृ संगठनमा विभाजनको रेखा कोरिएको छ। अस्ट्रेलियामा रहेको नेकपाको विचारिक संगठन प्रवासी नेपाली एकता मञ्च दुई खेमामा विभाजीत भएको छ।
आईतबार राजन बस्नेतको अध्यक्षतामा ४९ सदस्यीय प्रवासी नेपाली एकता मन्च (नेपाल-प्रचण्ड समूह) गठन भएको छ।
नवगठित समितिमा पुराना बामपन्थीको बाहुल्य छ। यसअघि रमेश पाण्डेको अध्यक्षतामा रहेको प्रवासी नेपाली एकता मन्च पनि क्रियाशील छ। तर पुरानै कमिटिका पादधिकारी आवद्ध नयाँ संगठनको गठन पश्चात पुरानो समूह (ओली समूह) मा आवद्ध रहेको देखिएको छ।
कमिटिको सचिवमा प्रविण कँडेल तथा सदस्यमा ध्रुव सुवेदी, धर्म अधिकारी, भरत नेपाल, हरिलाल लामिछाने, माधव शाह, झलक ढुंगाना, हरेरामचन्द्र राउत, अच्यूत थपलिया, यादव देवकोटा, सिके भुसाल, चुना क्षेत्री, रमेश पौडेल, दिपक पाण्डे, मधु पन्थी, ईश्वर पौडेल, प्रकाश सेढाई, हिमलाल गैरे, उद्धव खड्का, निराजन गौली, शंकर धरेल, लोकराज पौडेल, दामोदर रावल, रमेश सोडारी, कृष्ण पौडेल, विवेक अर्याल, प्रमोद दवाडी, अग्नीधर भण्डारी, यादव बस्याल, राजकुमार केसी, कपिल पाण्डे, पूर्ण लामिछाने, टंक सापकोटा, राजु मानन्धर, जीवन न्यौपाने, लक्ष्मण श्रेष्ठ, विक्रमशर्मा पंगेनी, किरण पौडेल, सुनीता रेग्मी, भरत पन्त, खिम भण्डारी, सरिता ढकाल, प्रकाश राय, सुभास रानाभाट, प्रेम घिमिरे, मायाप्रसाद सुवाल, कलम खड्का र शेषमणि शर्मा रहेको एनएसडब्लुका संयोजक अच्युत थपलीयाले सेतोपाटीलाई जानकारी दिए।