मेलवर्नको आसपास रहेको डोरीन मन्डा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको समाजिक संस्था डोरिन मर्नडा नेपाली समाजले गोपाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा कृष्ण चालिसे, सचिवमा हेमराज चालिसे ,सहसचिवमा सुदीप श्रेष्ठ ,कोषाध्यक्षमा हेमराज पौडेल तथा सहकोषाध्यक्षमा अन्जु अधिकारी चयन भएका छन्।
यस्तै समाजको नयाँ कार्यसमितिको सदस्यमा मनोज ढुंगाना,नवराज शर्मा, मदन सुवेदी, शुमन्ता खतिवडा, शमा मैनाली र प्रकाश पौडेल छन्।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुनिल मैनालीले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण चालिसेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
डा. सुरेन्द्र रौनियार, डा. बिमल श्रेष्ठ र राम गुरुङ सम्मीलित तीन सदस्यीय समितिले साधारण सभा र कार्यसमितिको चयन प्रकृया संयोजन गरेका थिए ।
नेपालीहरूको उल्लेखनीय बसाइ रहेको यस क्षेत्रमा समाजले बीगत २ वर्षदेखि नेपाली बालबालिकाहरूको लागि नेपाली पाठशाला र नृत्य प्रशीक्षण तथा बयस्कहरुको लागि योग र ध्यान कक्षा पनि सञ्चालन गर्दै आएको छ।
त्यसका साथै जमघटका रूपमा फुटबल खेल्ने, चाडपर्वहरूको कार्यक्रम गरेर आपसी भाइचारा साट्नुका साथै सहयोग र सदभाव बढाउने काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष काफ्लेले जानकारी दिए।