नेपालमा समाजिक कार्यमा लागेको हिमानी कोषले आफ्नो शाखा विस्तारको क्रममा अस्ट्रेलियामा पनि आफ्नो च्याप्टर स्थापना गरेको छ।
शनिबार सीड्नीमा आयोजित एक कार्यक्रमबिच अन्जना कार्की बस्नेतको अध्यक्षतामा समिम अनवर महासचिव रहेको हिमानी कोष अस्ट्रेलिया विधिवत रुपमा स्थापना भएको हो।
विधिवत रूपमा देश बाहिर स्थापना भएको हिमानी कोषको कोषाध्यक्षमा प्रगति राणा र प्रवक्तामा रेश्मा थापा तथा पब्लीक अफीसरमा राम खत्री छन्।
कार्यसमितिका सदस्यमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनु पाण्डे, दिपक गौतम, कमला बस्नेत र ईश्वर गिरि छन्।
सल्लाहकारमा डा शम्सेरसिंह थापा, दिनेश कुमार पोखरेल, डा रामकृष्ण निरौला, डिला खरेल, स्वतन्त्र प्रताप शाह र भोमादेवी लिम्बु छन्।
कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष देव गुरूङले सामाजिक सेवाभावमा जुनसुकै संस्था खोलिनु स्वागतयोग्य रहेको बताए। उनले संस्थाको सफलताको कामना गर्दै भने, ‘समय र सहयोग बटुलेर देश सेवा गर्छु भन्ने जो कोही संस्था र ब्यक्ति धन्यवादका पात्र हुन्।’
यस्तै कार्यक्रममा शुभकामना ब्यक्त गर्दै एनआरएन अभियन्ता दिनेशराज जोशीले राजा महेन्द्र, बीपी कोइराला र मदन भण्डारीजस्ता राजनेताको भावनालाई समेटेर देश सेवामा लाग्न खोज्ने अभियन्ता सम्मानका हकदार रहेको बताए। उनले नाम भन्दा पनि संस्थाको पहिचान कामबाट हुने भएकोले राम्रो काम गरेर देखाएमा सबैको साझा संस्था बन्ने बताए ।
कार्यक्रममा एनआरएनका प्रवक्ता नन्द गुरूङले हिमानी ट्रष्टको सेवाभावको अभियान निकै महत्वपूर्ण भएकोले यसको सामाजिक चरित्रलाई सबैले सम्मान गर्नुपर्ने सुनाए।
‘पूर्वयुवराज्ञीको नाममा रहेका कारण केही साथीहरु हिच्कीचाएको पाएँ, नाम भन्दा पनि यसको कामलाई बुझेर हामीले सम्मान गर्नु सिक्नुपर्छ’, कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार रामकृष्ण निरौलाले भने, ‘विदेशमा बसेर देशको सेवाभावमा लाग्नु यसको प्रमुख उद्देस्य हो र त्यसैमा यो संस्था लाग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।’
अर्का सल्लाहकार डिलाराम खरेलले हिमानी ट्रष्टको सामाजिक चरित्र र यसको सेवाभाव आफैंमा महत्वपूर्ण रहेकोले परोपकारी कार्यमा सहकार्यका लागि संस्थाको स्थापना हुन पुगेको बताए।
कार्यक्रमलाई समापन गर्दै हिमानी ट्रष्ट अस्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले परोपकारी कार्य र समाजिक सेवाभावको उद्धेस्य बोकेर संस्थाको स्थापना भएको बताइन्।
पूर्वयुवराज्ञी हिमानीको नाम जोडिएर बनेको यो ट्रष्टको मुल उद्धेस्य भनेको देश र मुलुकको हितका खातिर परोपकारी कार्यमा जुट्नु रहेको अध्यक्ष अन्जनाले बताइन्।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यष अनिल पोखरेल, नेपाल अस्ट्रेलिया डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुँमागाईलगायतको उपस्थिति थियो।