शैक्षिक परामर्शदाताको साझा संस्था अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) मा भुपाल सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
एकाको साधारणसभाले वर्ष भरिका संस्थाका गतिबिधि र अप्ठ्यारोमा संस्थाले गरेका विविध परोपकारी कार्य एवं सहभागिताको विषयमा छलफल र प्रतिवेदन पारित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्बसम्मत गठित कार्यसमितिका तीन उपाध्यक्षमा राम चन्द्र पौडेल, मोहन ढुंगाना, र आशिष भण्डारी, सचिवमा कोमल पाठक, सहसचिवमा दिनेश खनाल, पब्लिक रिलेसन अफिसर चुडामणि सिलवाल र कोषाध्यक्षमा योगेन्द्र पौडेल छन्।
यसैगरि संस्थाको कार्यसमिति सदस्यमा सूर्य खनाल, भुवनहरि पाण्डे, भुमि सुवेदी, सृष्टि शाह, र विकाश भुजेल निर्वाचित भएका छन्।
यसअघि पनि जिम्मेवारीमा रहिसकेका भुपाल सिटौलालाई संस्थाको नेतृत्व सुम्पदै संस्थाले थप उचाइ चुम्नेमा आफू विश्वस्त रहेको पूर्व अध्यक्ष पर्शुराम अधिकारिले सेतोपाटीलाई बताए।
नवनिर्वाचित अध्यक्ष भुपेन्द्र सिटौलाले अफ्ठ्यारो परिस्थिति बिच आफूले जिम्मेवारि सम्हालेकाले सबै अग्रजहरू सल्लाह सुझावको कदर गर्दै संस्थालाई सबैको हितमा अगाडि बढाउने प्रतिबद्दता व्यक्त गरे। पुराना शैक्षिक ब्यवसायी भवानी ओली, बद्री अर्याल र सन्जीव पाण्डे सम्मिलित निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमिति घोषणा गरेको थियो।