नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ।
फरक र अलग व्यवसायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सिड्नीको मल्टी डाइनामिक रियलस्टेटले देखाएको छ।
मिन्टो क्षेत्रबाट प्रारम्भ भएको मल्टी डाइनामिक रियलस्टेटले केही वर्षमै विभिन्न राज्यमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ।
मल्टीले साउथ अस्ट्रेलियाको एडिलेडमा आफ्नो नयाँ शाखाको मंगलबार विस्तार गरेको छ।
साउथ अस्ट्रेलियन सरकारका पूर्वसभामुख रसेल वाट्लेले एक समारोहबीच मल्टी डाइनामिक एडिलेडको उद्घाटन गरेका छन्।
उनले नेपाली समुदाय बढ्दै जाँंदा रियलस्टेटमा पनि नेपालीहरूको प्रवेश महत्वपूर्ण अवसरका रूपमा रहेको जिकिर गरे।
यसअघि मल्टी डाइनामिकले मेलवर्न र क्यानबेरामा शाखा विस्तार गरिसकेको छ।
यस्तै, निकट भविष्यमा पनि ब्रिसबेनमा मल्टीको नयाँ शाखा खोल्ने योजना भएको मल्टी डाइनामिकका एक निर्देशक बिष्णुप्रभात सापकोटाले बताए।
अस्ट्रेलियाको मुख्य सहरमा लामो समयदेखि सेवा दिँदै आएको रियलस्टेटले सेवाग्राहीलाई घर खरिद विक्री तथा भाडामा लिनेदिने काममा सहयोग गर्ने कम्पनीका साउथ अस्ट्रेलिया क्षेत्रीय कार्यालयका निर्देशक सुजन अधिकारीले जानकारी दिए।
अधिकारीले नेपालीलगायत सबै समुदायका व्यक्तिहरूलाई सेवा पुर्याउने आफ्नो उद्धेश्य रहेको बताए।