अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार कोरोना संक्रमित संख्यामा न्युन वृद्धि देखिएको छ।
त्यहाँ एक दिनमा दुई सय ४० संक्रमित थपिएका छन्। दोश्रो धेरै जनसंख्या भएको भिक्टोरिया कोरोना महामारीको हटस्पट हो।
मेलबर्नमा गरिएको कडा प्रतिबन्धले अन्य राज्यहरूमा पनि कोरोना संक्रमण फैलिन कम भएको आशा गरिएको छ। भिक्टोरियामा अघिल्लो दिन दुई १६ संक्रमित थपिएका थिए। जुन पाँच साता यताको सबैभन्दा न्युन संख्या हो।
महामारी फैलिएपछि अधिकारीहरूले दुई सातासम्म मेलबर्नमा कफ्र्यु लगाएका थिए र यसले देशको अर्थतन्त्रको ठूलो हिस्सा बन्द हुन बाध्य भएको थियो।
अष्ट्रेलियामा हालसम्म २४ हजार मानिस संक्रमित भएका छन्, मृत्यु हुनेको संख्या चार सय ६२ रहेको छ, जसमा १२ जना भिक्टोरिया राज्यका छन्।