डेढ दशकअघि सिड्नीमा डेरा खोज्दै हिँड्दा पुराना सञ्चारकर्मी डिल्ली ढकाललाई कम्ती अप्ठेरो परेको थिएन।
भर्खर भर्खर अस्ट्रेलिया आएका डिल्लीका लागि घरदेशबाट परदेशको बसाइ नौलो मात्र होइन, अनौठो पनि थियो।
नेपालमा रहँदा मानव अधिकार एवम् सञ्चार क्षेत्रमा काम गर्ने उनी देशका अधिकांश जिल्ला पुगेका मात्रै थिएनन्, घण्टौं पैदल यात्राको अनुभव लिएका थिए। सायद त्यही भएर पनि हुन सक्छ सिड्नी ओर्लिएपछि काम र डेराको खोजीमा दिनहुँ पैदल यात्रा गर्दा पनि उनले हिम्मत हारेनन्।
सानै उमेरमा मातापिताको काख छोडेर उच्च शिक्षाको लागि गोरखाबाट उनी चितवन झरे। त्यसका बाबजुत, बिहान क्यापसमा अध्ययन र दिउँसो स्कुलमा अध्यापन गरेर उनले चितवनको सामाजिक एवम् राजनैतिक क्षेत्रमा एउटा वौद्धिक व्यक्तित्व, तार्किक, स्पष्ट वक्ता तथा मानव अधिकार अभियन्ताको छवी बनाई सकेका थिए।
अधिकारकर्मी कृष्ण पहाडीको समिपमा बसेर एम्नेष्टी इन्टरनेशनलमा कृयाशील हुन पुगेका उनी पछि मानव अधिकार तथा शान्ति समाजको निर्देशक समेत रहे। त्यति बेला नै राष्ट्रिय दैनिकहरूमा ढकालका लेखहरू प्रकाशित हुन्थे। त्यस्तो पृष्ठभूमिमा अस्ट्रेलिया आएर बाँकी जिन्दगीको गोरेटो कोर्नु निश्चय नै सजिलो विषय थिएन।
काम खोज्ने चक्कर र डेराको खोजीमा रन्थनिएको त्यो क्षण उनलाई सधै सम्झना आउने गर्छ।
तर अहिले स्वयम् ढकाल आफैं रियलस्टेट बिजनेशमा व्यस्त छन्। उनी मल्टी डाइनामिक कर्पोरेट अर्वनमा निर्देशकका रुपमा रही व्यवसायलाई अगाडि बढाउँदै छन्।
आवासीय तथा व्यवसायिक घरहरूको ब्यवस्थापन (भाडामा लगाउने समेत) र घर तथा जग्गा बिक्री बितरण नै मल्टी डाइनामिक रियलस्टेटको मुख्य व्यवसाय रहेको ढकाल बताउँछन्।
परदेशमा नयाँ र नौलो व्यवसाय सबैका लागि एउटा चुनौतिको विषय पनि हो। अस्ट्रेलियामा नेपाली समाज बाक्लिँदै गर्दा बजारमा नयाँ र नौलो पेशामा पनि आकर्षित हुनु स्वभाविक नै हो।
केही वर्षअगाडि युवाहरु बिष्णु प्रभात सापकोटा, मेघराज पौडेल र विजय पौडेल मिलेर मल्टी डाइनामिक नामक कम्पनीमार्फत रियलस्टेटको व्यवसाय थाले।
अहिले यो रियलस्टेटले केवल नेपाली समुदायमा मात्रै होइन, यहाँका अन्य समुदायमा समेत अलग्गै पहिचान बनाई सकेको छ। मेलवर्न, क्यानबेरा लगायतका विभिन्न राज्यहरुसँगै सिड्नीकै कतिपय स्थानमा यो व्यवसाय सुरु भइसकेको छ।
‘कुनै समय अस्ट्रेलियामा डेरा लिन निकै समस्या थियो, घर किन्न त परै जाओस्। समयसँगै परिवर्तन आयो, नेपालीहरुको संख्यात्मक उपस्थिति बढ्न थालेपछि विस्तारै माहौल परिवर्तन भएको छ’ मल्टी डाइनामिक अर्वनका प्रिन्सिपल तेज कवेंले भने।
अहिले चिकित्सा, इन्जीनियरिङ, शैक्षिक क्षेत्र, कानुन, रियलस्टेट लगायतका व्यवसायिक क्षेत्रमा नेपालीको बलियो उपस्थिति देखिँदै गएको उनले बताए।
‘विदेशी भूमिमा पढ्ने र अर्काको काम गर्ने हाम्रो सोचमा पनि परिवर्तन आएको छ, अब नयाँ पुस्ता व्यवसायिक धारमा अगाडि बढिसकेको अवस्था छ, २१ औं शताब्दीको यो ग्लोबलाइजेशनको युगमा जुनसुकै पेशामा पनि भविष्य खोज्न सकिन्छ’, तेजले भने।
‘यतिखेर मल्टी डाइनामिकले अस्ट्रेलियाको बजारमा घरजग्गा बिक्री वितरण र व्यवस्थापनमा अलग पहिचान र छाप छोड्न सफल भैसकेको उनले दावी गरे।
कम्पनीले कयौं नेपाली र अन्य मूलका सेवाग्राहीलाई घरजग्गा खरिद बिक्री एवम् रेण्टल ब्यवस्थापन सम्बन्धी सेवा दिइसकेको उनले बताए। ‘नयाँ सोच र स्वरुपको कार्ययोजना अगाडि बढाउँदै गर्दा यससम्वन्धी कतिपय आयोजना पनि कार्यान्यनको चरणमा छन्’ मल्टी डाइनामिक अर्वनका अर्का निर्देशक विजय ज्ञवालीले भने।
सबै अस्ट्रेलियनहरु आफ्ना ग्राहक रहेको उनले बताए।
स्थापनाको छोटो समयमै नाम अनुरुपको काम अगाडि बढाएको मल्टी डाइनामिक अर्वनले ग्राहकको सन्तुष्टिलाई पहिलो रोजाइमा
राखेको अर्का निर्देशक तिर्थ आर्चायले बताए।
‘ग्राहकको सेवासँगै यहाँका रैथानेसँग आफूहरु प्रतिस्पर्धा गर्न सक्षम छौं भन्ने सन्देश दिनु पनि हो’ आचार्यले थपे, ‘हामीले व्यवसाय गर्दा सेवाभावलाई केन्द्रविन्दुमा राखेका छौँ।’
मल्टी डाइनामिक कर्पोरेट अफिसका निर्देशक बिष्णु प्रभात सापकोटाले यो कम्पनीको विश्सनियता एवम् प्रभावको विस्तारबाट आफू खुसी रहेको बताए।
‘सबैले गरेको पेशाभन्दा अलग र फरक केही गरौं भन्ने सोचका साथ त्यतिबेला गरेको निर्णय साँच्चिकै महत्वपुर्ण र आजको आवश्यकता थियो भन्ने कुरा अहिले पुष्टि भएको छ’, सापकोटाले भने।
कर्पोरेटका प्रमुख कार्यकारी अधिकृत मेघराज पौडेल थप्छन्, ‘हामीले यो रियलस्टेट व्यवसायमा हात हाल्दा धेरै लाई अनौठो लागेको थियो तर आज यसको महत्व बढेको महसुस गर्न पाउँदा हर्षित छु।’
आफूहरुको काम व्यवसायिक मात्रै नभई परोपकारी एवम् सेवामुलक पनि भएको पौडेलले बताए।