सोमबार अस्ट्रेलियाले आफ्नो सम्बन्ध सुधारको हप्तौदेखिको प्रयासलाई चीनले बेवास्ता गरेको जनाएको छ।
अस्ट्रेलियाले कोरोना भाइरस उत्पतिको स्वतन्त्र अन्तराष्ट्रिय जाँचको माग गरेपछि दुबै देशबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता बढेको छ।
चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो। अस्ट्रेलियाको ३० प्रतिशतभन्दा बढी निर्यात व्यापार चीनसँग हुन्छ।
अस्ट्रेलियाले चीनले आफ्नो केही सातादेखि सम्बन्ध सुधारको आग्रहलाई बेवास्ता गरिरहेको बताएको छ।
कोरोना भाइरस उत्पतिको स्वतन्त्र जाँच चीनप्रति आफूहरू राजनीतिज्ञरूपमा लक्षित नभएको स्पष्टिकरण अस्ट्रेलियाले दिदैं आएको छ।
चीनले अस्ट्रेलियाको जाँच सम्बन्धी माग अमेरिकाबाट निर्देशित भएको अस्ट्रेलिया उसको सुगा बनेको आरोप लगाउँदै आएको छ।
अस्ट्रेलियाको यो मागबाट असन्तुष्ट बनेको चीनले छानविनको माग गरे अस्ट्रेलियाली उत्पादनलाई बहिष्कार गर्ने चेतावनी दिएको थियो।
फलस्वरूप चीनले अस्ट्रेलियाको मागमा प्रतिक्रिया जनाउँदै उसका चार ठूला विफ उत्पादन कम्पनीबाट हुँदै आएको आयातलाई बन्द गरिदिएको छ भने जौका उत्पादनमा करसमेत बढाइदिएको छ।
यध्यपी दुबै पक्षले यो प्रतिबन्ध र कर वृद्धि कोरोना भाइरसको विवादसँग सम्बन्धित नरहेको बताउँदै आएका छन्।
अस्ट्रेलियाका व्यापार मन्त्री सिमन बिर्मिङहमले केही सातादेखि चीनसँग वार्ताका लागि अनुरोध गरेको भएपनि बेइजिङले क्यानबेराको आग्रहको सुनुवाइ नगरेको बताएका छन्।
'दुर्भाग्यवशः हाम्रो छलफलको प्रस्ताव उपेक्षित भइरहेको छ', सोमबार त्यहाँको एक रेडियोसँग उनले भने, 'त्यो निराशाजनक छ।'
कोरोना विवादसँगै अस्ट्रेलियाले घरेलु मामिलामा हस्तक्षेप गर्नुका साथै प्रशान्त महासागर क्षेत्रमा प्रभाव बढाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ।
शुक्रबारमात्र चीनले रंगभेदका घटना हुनसक्ने जनाउँदै आफ्ना नागरिकहरूलाई अस्ट्रेलियाको भ्रमण नगर्न सुझाव दिएको छ। यसले पनि पछिल्लो समय बेइजिङ र क्यानबेराबीच तनाव बढाउने काम गरेको छ।
सोमबार एक अस्ट्रेलियन पत्रिका प्रकाशित रिपोर्टमा ७० प्रतिशत अस्ट्रेलियन नागरिकले सरकारको भाइरससम्बन्धी जाँचको समर्थन गरेको जनाएको छ।