तनहुँका सागर लोहनीको स्वामित्वमा अस्ट्रेलियाको न्यू साउथ वेल्समा प्राविधिक कलेज इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसन खुलेको छ।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाइ हुनेछ। व्यवस्थापन र टेलिकम्युनिकेसन इन्जिनियरिङको समेत छिट्टै अनुमति प्राप्त गरी सञ्चालन गरिने लोहनीले बताए।
प्राविधिक र व्यवसायिक सीपसम्बन्धी कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमूलक हुने लोहनीको दाबी छ।
अधिकांश विद्यार्थीको काम र पढाइ बीच सामाञ्जस्य नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरू गरिएको लोहनीले बताए।
हाल अस्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राविधिक र व्यवसायिक सीप भएका व्यक्तिलाई सहज हुने हुँदा कलेजप्रति विद्यार्थीको आकर्षण रहने लोहनीको भनाइ छ।
सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्युयु युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन्।
विभिन्न पेशा अपनाउँदै हाल आफ्नै व्यवसायमा होमिएका लोहनी हाल चार्ल्स डार्विन युनिभर्सिटीबाट कानुनमा पनि स्नातकोत्तर अध्ययनरत छन्। रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरतासम्बन्धी विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन्।
थप जानकारीका लागि कलेजको वेबसाइट www.iie.edu.au हेर्न सकिन्छ।