शुक्रबारबाट अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या रहेको राज्यका रेस्टुरेन्ट, क्याफे तथा बारहरू संचालनमा आउने भएका छन्।
दुई महिनादेखिको लकडाउनपछि यी क्षेत्रहरू खुल्न लागेका हुन्। यसले संघीय सरकारको अर्थ व्यवस्थालाई पुनः लयमा फर्काउने योजनालाई सहयोग गर्ने ठानिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले उच्चसंख्यामा रोजगारीहरू गुमेको रिपोर्ट सार्वजनिक गरेको एकदिनपछि न्यू साउथ वेल्स राज्यले लकडाउनका प्रावधानहरूलाई खुकुलो पारेको हो।
यसैगरी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अझै खराब स्थिति आउनै बाँकी रहेको चेतावनी दिएका छन्।
मोरिसनले राष्ट्रिय अर्थतन्त्रलाई पुनर्जीवित गर्न जुलाईसम्म लगभग सबै लकडाउनका प्रतिबन्धहरु हटाउनका निमित्त तीन चरणका योजना प्रस्तुत गरेका छन्। अधिकांश अर्थशास्त्रीहरू मन्दीको पूर्वानुमान छन्। महामारी अगाडिसम्म अस्ट्रेलियाले करिब दुई दशकदेखि निरन्तर आर्थिक प्रगतिको बाटोमा थियो।
मोरिसनले बिहीबार प्रस्तुत गरेको तथ्यांकले लकडाउन सुरुभएपछि अप्रिल महिनामा झन्डै ६ लाख मानिसले काम गुमाएको बताएका थिए।
यसैगरी न्यू साउथ वेल्सका प्रमुख ग्लेड्स बेरेजिक्लियनले रेष्टुरेनट र बारहरु खोलिएसँगै मानिसहरूलाई सतर्क रहन र सामाजिक दूरी कायम राख्न चेतावनी दिएका छन्।
एक पटकमा १० जनासम्म मात्र कुनै पनि स्थलमा भेला हुन पाउने नियम बनाइएको छ।
'प्रतिबन्धहरु सहज गर्दा संसारका धेरै ठाउँहरु असफल भएका छन्। त्यस्तो साउथ वेल्समा चाहन्न। म मानिसहरुले यसमा व्यक्तिगत जिम्मेवारी लिउन् भन्ने चाहन्छु', बेरेजिक्लियनले शुक्रबार सिड्नीका पत्रकारहरुसँग भने।
यसैगरी अस्ट्रेलियाको दोश्रो धेरै मानिसहरूको बसोबास रहेको भिक्टोरिया राज्यले भने जारी लकडाउनका उपायहरूलाई कायमै राखेको छ भने संक्रमित संख्या कम भएको र कुने मृत्यु रेकर्ड नभएको नर्दन टेरिटोरी राज्यमा पबहरू खुल्ला छन् भने कुनै किसिमका सार्वजनिक प्रतिबन्धहरू लगाइएको छैन।
अस्ट्रेलियामा हालसम्म ६ हजार ९ सय ८९ जनामा संक्रमण भेटिएको छ भने संक्रमणका कारण ९८ जनाको मृत्यु भएको छ।