नेपाल एयरलाइन्सको चार्डर्ड जहाज तीन सय पाँच जना यात्रु तथा उडान कर्मचारीसहित अस्ट्रेलियाको सिड्नी आइपुगेको छ।
नेपाल एयरलाइन्सको वाइडबडीको विमान सिड्नी आइपुगेको यो दोस्रो पटक हो।
कप्तान विजय लामा र अर्का विदेशी पाइलट जेम्स किप्सका साथ सिड्नी आइपुगेको जहाज बिहान आठ बजे सिड्नी विमानस्थलमा अवतरण गरेको थियो भने मात्र दुई घन्टाको आरामपछि विमान पुन: आजै नेपाल फर्कियो।
अस्ट्रेलियामा अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिएता पनि नेपाल सरकारले अनुमति नदिँदा विमान सिड्नीबाट रित्तै नेपाल फर्किएको हो। अस्ट्रेलियामा समस्यामा परेका एक युवाले नेपाल फर्कन अनसन समेत बसेका थिए।