नेपाल सरकारले कोरोना भाइरस र यसको माहामारी रोक्नका लागि स्थापना गरेको कोषमा नेपाली मुलका अस्ट्रेलियन व्यापारी शेष घलेले एमआइटी फाउन्डेशन मार्फत तीन करोड सहयोग प्रदान गरेका छन्।
आइतबार नै फाउन्डेसनका तर्फबाट प्रधानमन्त्री कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।
नेपाल सरकारका लागि कोरोनाविरुद्ध परीक्षण, निगरानी र उपचारका लागि यो रकम खर्च हुने बिश्वास गरिएको फाउन्डेशनका प्रमुख शेष घलेले बताएका छन्।
लकडाउनका कारण नेपाल जान नपाए पनि घलेले नेपालमा रहेको एमआइटी ग्रुप फाउन्डेसनकातर्फबाट नेपाल सरकालाई चेक हस्तान्तरण गरिएको बताए।
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले खेलेको भुमिकाको कदर गर्दै घलेले यस महामारीबाट नेपाल र नेपाली जनताले चाँडै नै मुक्ती पाउने विश्वास समेत ब्यक्त गरेका छन्।
घलेले भने 'आपत-बिपत आइपर्दा हामीले गर्ने सहयोग सानो इकाइ मात्र हो, तर यसले पनि थोपा थोपा जोडिएर नदी बनेझैं सरकारलाई थप सहयोग पुग्ने बिश्वास लिएका छौं।'