अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहुलियत प्रदान नगरे पनि विभिन्न विश्वविद्यालय र निजी संघसंस्थाले भने राहतका प्याकेज ल्याउन थालेका छन्।
अष्ट्रेलियन सरकारले विश्वव्यापी कोरोना महामारीका कारण रोजगारी गुमेका र आर्थिक समस्यामा परेका सबैलाई आफ्नो संचय कोष आर्थिक वर्ष २०२०/२१ मा १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था गरिदिएको छ।
अष्ट्रेलियामा संचयकोष सम्वन्धी नियम यसको संचय गर्ने विधि, लगानी विधि र प्रयोग गर्न पाउने नीति तथा व्यवस्था अत्यन्त कठिन र जटिल भएकाले यस क्षेत्रका दर्तावाला दक्ष लेखापाल, वित्तीय परामर्शदाताको सरसल्लाह र सेवा महत्वपूर्ण हुन्छ।
यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि इनोभेटिभ एसोसिएट्सले ‘अर्ली सुपर फण्ड रिलिज’को सेवा निशुल्क दिने घोषणा गरेको छ। इनोभेटिभका निर्देशक डिला खरेलले सबै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि निशुल्क परामर्श र सेवा दिने निर्णय गरेको बताए।
इनोभेटिभ एसोसिएट्स सन् २०१० मा स्थापना भई अष्ट्रेलियाभर नै कर, कर्जा, वित्तीय र बीमा सेवा प्रदान गर्दै आइरहेको लेखा फर्म हो।
खरेल संस्थाका कार्यकारी निर्देशक हुन् भने करिव १२ जना लेखापाल तथा वित्तीय परामर्शदाताको समूहले सिड्नी, मेलवर्न, एडिलेड र तास्मनियामा प्रत्यक्ष सेवा दिँदै आएको छ।