अष्ट्रेलियामा यतिबेला सरकारी तथ्याङ्कअनुरुप करिब ६३ हजार नेपाली विद्यार्थी उच्च अध्ययनका क्रममा छन्।
यहाँ करिब सात हजार अष्ट्रेलियन कोरोना संक्रमणमा परेको र ६३ जनाले ज्यान गुमाएको अवस्था छ। कोरोना नियन्त्रणका लागि गरिएको आंशिक लक डाउनका कारण थुप्रै उद्योग धन्दा बन्द रहँदा यसको प्रत्यक्ष मार यहाँका विद्यार्थीमा परेको छ।
महँगो शिक्षा र बसोबास अनि कोरोनाको महामारीका बीच नेपाली विद्यार्थीलाई समस्याले पिरोलेको खबर बाहिर आएका छन्।
त्यसमाथि अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै देश फर्कन सक्छन् भन्ने अभिव्यक्तिले हाम्रो समाज र अभिभावकमा समेत नकारात्मक सन्देश परेको छ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीको बाक्लो बस्ती रहेको अर्वन क्षेत्र र ग्रानभिल क्षेत्रमा रहेका नेपाली विद्यार्थीसँग यस विषयमा गरिएको कुराकानी जस्ताको त्यस्तै :