पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रूपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ।
सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रूपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।
स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेञ्चको नेतृत्व पाकिस्तानका प्रधानन्यायाधीश मेन साक्विब निसारले गरेका थिए।
जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजहरूमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रूपमा औपचारिक रूपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रूपमा काम गरिरहन नमिल्ने प्रधानन्यायाधीश निसारले तर्क गरे।
यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो।
पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ।
रासस/सिन्ह्वा