कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प भएपछि स्वदेशभित्र भने घुम्ने अभियान सुरु भएको छ। स्वदेशभित्रै सेल्फ क्वारेन्टाइनका बारेमा छलफल भइरहँदा पोखरा घुम्खे प्याकेज आएको हो।
नेपालको अनलाइन ट्राभल इग्रेगेटर एक्सेलट्रिपले पोखरा केन्द्रित 'राम्रो पोखरा, घुमौं पोखरा' विशेष अभियान सुरु गरेको हो।
मन्दीको यस्तो कठिन समयमा विभिन्न डिजिटल प्लाटफार्म मार्फत् आन्तरिक पर्यटनलाई टेवा पुर्याउन अभियान सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
अभियान अवधिभर एक्सेलोटेल्स अर्थात् एक्सेलट्रिपका २७ पार्टनर होटलहरूले विशेष प्याकेज तथा प्रवर्धनात्मक अफर दिने छन्।
'राम्रो पोखरा, घुमौं पोखरा' मार्च १५ (चैत्र २, २०७६) देखि अप्रिल १५, २०२० (बैशाख ३, २०७७) सम्म एक महिनाको अवधिभर सञ्चालन हुने छ।
अफरमा 'तीन रात बुक गर्दा एक रात नि:शुल्क' र 'दुई रात बुक गर्दा, एक रात नि:शुल्क' जस्ता विशेष प्याकेज उपलब्ध छ।
केही होटलहरूले एक महिनाको अवधिभर ५० प्रतिशतसम्मको छुट समेत उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ।
इसेवा मार्फत् होटल बुक गर्ने ग्राहकहरूले ५०० रुपियाँको विशेष छुट कोड भौचर पाउने कम्पनीले जानकारी दिएको छ।