तनहुँको 'बन्दीपुर पर्यटन विकास समिति'ले नयाँ नेतृत्व पाएको छ।
सो समितिको आज शुक्रबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
किसान प्रधानको अध्यक्षतामा बन्दीपुर पर्यटन विकास समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।
समितिको अध्यक्ष पदको नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमतीय आधारमा निर्वाचन समितिको संयुक्त बैठकले उम्मेदवारबीच सहमति गराइ नेतृत्व चयन गरिएको थियो।
समितिको उपाध्यक्षमा कर्ण बहादुर श्रेष्ठ, सचिव बसन्त पौडेल, कोषाध्यक्ष फूलमती थापा छन् भने सदस्यहरूमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, हरिश्चन्द्र भट्टराई, राजाराम प्रजापति, हितमान गुरुङ, अशोक गुरुङ, तेजेन्द्र बानियाँ रहेको बताइएको छ।
नयाँ समितिले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठोस कार्यक्रम बनाइ तत्काल सक्रिय हुने सचीव वसन्त पौडेलले बताए।
बन्दीपुरको ब्रोसर र २०७७ को पर्यटन क्यालेन्डर बनाउने काम तत्काल सुरू गरिने पौडेलको भनाइ छ।
सपथ ग्रहण कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले निर्वाचित सम्पूर्ण सदस्यहरूलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए।